ढोरपाटनका बाढी पीडितहरुको आर्थिक सहयोगका लागि अगाडी बढ्दै : गायिका शितल शर्मा ।

काठमाडौँ । बागलुङ जिल्लाकाे ढोरपाटन नगरपालिकामा केही दिन अगाडी गएको ठूलो बाढी पहिरोले धेरै जनधनको क्षेति भएपछि त्यहाँका बाढी पीडिहरुका लागि सञ्चारकर्मी तथा गायिका शितल शर्मा आर्थिक सहयोग संकलन अभियानमा जुटेकी छन् । उनी संगै लगायत अन्य विभिन्न संघ संस्था पनि सहयोगमा जुटेका जानकारी शितल ले गराइन ।

हाम्रो फोन सम्पर्क उनले निकै भाबुक हुदै त्यहा अहिले को अवस्था कस्तो रहेको छ थप जानकारी पनि गराएकी छन् । गत भदौ १७ गते रातिको समयमा ढोरपाटन नगरपालिका– ९ मा आएको बाढीका कारण घर तथा आफन्तबिहीन भएका परिवारको लागि गायिका शर्मा आर्थिक संकलन अभियानमा जुटेको उनले जानकारी दिइन् ।

उनले देश तथा विदेशमा रहेका नेपालीहरुमा सहयोग अभियान चलाएको बताइन् । अहिलेसम्म शर्माले एक लाखभन्दा बढी रकम संकलन गरिसकेको समेत जानकारी दिइन् । साथै, उनले बाढी पीडितलाई राहतसँगै साे बाढीमा अभिभावक गुमाएका एक बालक वा बालिकालाई पढाउने जिम्मासमेत लिने पनि बताइन् । उक्त बाढीमा परि १६ जनाको मृत्यु भइसकेको छ भने अझै २२ जना बेपत्ता छन् ।

ती सबै बेपत्ताको खोजी कार्यमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी लगायतको टोली लागिरहेको छ । बाढीले भूजीखोलाका तटिय क्षेत्रका ३१ घर पूर्णरुपमा ध्वस्त भएका छन् भने करिब ४० भन्दा बढी घरमा क्षति भएको छ । उक्त बाढीले बगाएर लगेको तीनवटा शव गुल्मी जिल्लामा समेत फेला परेको थियो । उक्त ढोरपाटन नगरपालिका गायिका शर्माको आफ्नै पनि गृह क्षेत्र पर्दछ ।