पोखरामा ८ बर्षीया बालिकाको ‘भोक उपचार केन्द्रः हुनेले दिन, नहुनेले लिने (भिडियो)

सुरेश हमाल

पोखरा- पोखराको बिरौटामा ८ बर्षिया बालिका प्रेन्सा रेग्मीले केहि समय पहिलादेखि पैसा हुनेलाइ सस्तोमा र नहुनेलाइ निशुल्क मास्क बितरण गरेपछि निकै चर्चामा रहिन् ।

उनै प्रेन्साले सडक छेउको चौतारोमा बसेर मास्कका साथसाथै भोक उपचार केन्द्र अर्थात फुड बैंकको पनि सुरूवात गरेकी छन् । उक्त फुड बैंकमा दाल, चामल, तेल, नुन लगायतका अत्यवश्यक नसड्ने खाद्दबस्तु पाइन्छ ।

उक्त फुड बैंकमा हुनेले खानेकुरा सहयोग गर्ने र नहुनेले जहाँबाट निशुल्क लैजान पाइने प्रेन्साले हिमालय दैनिकसँगको कुराकानीमा बताइन् ।

यती सानो उमेरमा नै यस्तो प्रेरणदायी काम गर्ने हाैसला कहाँबाट मिल्यो । उनले कसरी यस्तो कामको सुरूवात गरिन् ?
हेर्नुहोस् भिडियो कुराकानी