जन्तरे मामा भेट्न घरमै पुगे इमेज अवार्ड बिजेता,प्रीय तिम्ले माया मार्यौ नि गाउदा रोकिएनन जन्तरेमा आँसु,चल्यो कडा दोहोरी,मामाको गरे खुलेरै तारिफ (भिडियो सहित)

पछिल्लो समय ४८ बर्सिय अमित कुमार राई अर्थात जन्तरे मामा निकै चर्चाको शिखरमा रहेका छन । उनको आवाजमा छुट्टै जादु रहेको पाइन्छ । स्व. स्वर सम्राट नारायण गोपालका गितहरु दुरुस्तै गाएर चर्चामा आएका उनिमा अदभूत लुकेको प्रतिभा भेटिन्छ । घर पथरी सनिस्चरेमा बसोबास गर्ने जादुमय स्वरका धनी अमित कुमार राईको सानैदेखीको सपना गित गाउने रहेको बताउदै आखाभरी आँसु बनाए । सपना गायक बन्ने भएपनी बाध्यताले केही गर्न नसकेको र अहिले मात्र मिडियाले खोजी गरेको र आफू मिडियामा छाउदै गर्दा भावुक हुँदै सबैलाई धन्यवाद दिए । चौबिसै घन्टा रेडियो बोकेर हिड्ने गरेका उनले आजसम्म कहि कतै गित संगीत सिक्ने मौका पाएका छैनन तर उनको गायकी देखेर जो कोहि चकित पर्छन । सम्भु राई, जितेन राई, स्वर सम्राट स्व नारायण गोपाल,उधित नारायण झा, लगायत धेरै गायकहरुको गित जस्ताको त्यस्तै नबिगारीकन गाउने उनको क्षमता देखेर अहिले सबै छक्क पर्ने अवस्था आएको छ ।

सुपर अनलाइन टिभीका संचारकर्मी तथा कलाकार समीर सुवेदीले लिएको अन्तर्वार्तामा उनले निकै राम्रा राम्रा गितहरु एकपछी अर्को गर्दै गाए । गरिबि अनि बाध्यताले लुकेको प्रतिभा जसले नारायण गोपालको दुरुस्तै गित गाउछन उनको यस्तो जादुमय स्वर छ कि जो सुनेपछी तपाई चकित पर्नुहुनेछ । आफू निकै चर्चित बनेपछि अनि आफ्नो पहिलो गित सबैले रुचाइदिनुभएको भन्दै खुशी हुँदै सबैलाई धन्यवाद पनि दिए ।

उनलाई भेट्न गायक समीर बिक घर सम्म नै पुगेका छन । सङ्गै गित गाउने क्रममा निकैबेर दोहोरी समेत चलेको थियो । गायक समीर बिकले आफ्नो गित प्रीय तिम्ले माया मार्यौ नि सुनाउदा एकाएक जन्तरे मामाको आँखाबाट आँसु खस्यो ।निकै राम्रा गित गाएर चर्चामा आएका इमेज अवार्ड बिजेता समीर बिकलाई जन्तरे मामाले गितबाटै कसैले नसोचेको उनको भित्री कथा यसरी सुनाए समीर पनि निकै भावुक बने तलको भिडियोमा हेर्नुहोला मन छुनेछ |