हाँस पालेर राम्रो आम्दानी गर्ने तरिका यस्तो रहेछ, ५० हजारमा व्यवसाय सुरु गर्न सकिने

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, २१ भदौ । पोखराका दुई युवा विष्णुहरि न्यौपाने र गुरुप्रसाद पौडेलले पोखराको लौरुकमा सुरु गरिएको हाँस फार्म सुरु भएको छ । ४ महिना अघि सुरु गरिएको सो फार्ममा अहिलेसम्म ५७ सय उिरो ल्याइएको छ जसमा १४ सय हाँस उनिहरुले बेचीसकेका छन् । अब कार्तिकमा हाँस र चल्ला बेच्न आफुहरु तयार हुने संचालक मध्येका एक विष्णुहरी न्यौपानेले बताउनुभयो ।

लौरुकमा २० रोपनी जग्गा १२ वर्षका लागि भाडामा लिएर उनीहरुले बिजी एग्रो एन्ड ब्रिडिङ फार्म सुरु गरेका हुन् ।

सो फार्ममा अहिले खगी क्याम्पल, चाइनिज पेकिङ, र मस्कोभी प्रजातिका हाँस छन् । १० हजार क्षमताको फार्ममा अण्डा र बच्चा उत्पादन गर्ने उद्देश्यले करिव १२ सय पोथी हाँस तयार पारिएको छ । उनीहरुले ग्राहकलाई १२ सय देखि २५ सय रुपैयाँसम्ममा भाले हाँस बेच्दै आएका छन् । बगेको खोलामा अर्गानिक तरिकाले पालेको हाासका लागि ग्राहक फार्म मै आउने गरेको न्यौपानेले बताउनुभयो ।

उनै न्यौपानेसँग हामीले हाँस पालन, यसको सम्भावना र चुनौतीको विषयमा कुराकानी गरेका छौँ । सो कुराकानी तलको भिडियोमा हेर्नुहोस :