सरिना सैंजू अभिनित अस्ट्रेलियन चलचित्रलाई थुप्रै अवार्ड

नेपाली मूलकी सरिना सैजू बाल कलाकारको रुपमा अभिनित अस्ट्रेलियन चलचित्र “Survive or die” ले थुप्रै अन्तराष्ट्रिय पुरस्कार हात पारेको छ । २०१६ मा छायांकन गरी १५ सेप्टेम्बर, २०१८ मा प्रदर्शन गरिएको यो फिल्ममा खेल्दा सरिना छ: कक्षामा पढ्ने ११ बर्षकी थिइन । नेपाली एबं नेवारी भाषाका गीतहरुमा नाचेर चर्चित भएकी सरिनाले बाल प्रतिभा नृत्य प्रतियोगितामा पुरस्कृत हुनुका साथै २०१७ मा आमा अवार्ड प्राप्त गरेकी थिइन ।

जनयुद्धबाट भागिरहेकी एउटी शरणार्थी युवती गल्तीबश अस्ट्रेलियाको दुर्गम क्षेत्रमा पुगेपछि भोक, भौगोलिक बिकटता र आफ्नो छोराको मृत्‍युको बदला लिने अभिप्रायले उन्को खोजीमा लागेको बिरुद्धको संघर्षपूर्ण कथामा आधारित छ फिल्म ।

डानियल ओकोडुवा र माइक काङको सह निर्देशन र उनीहरुकै सह लेखनमा तयार पारिएको उक्त फिल्ममा संगीत जेमी मुर्गाट्रोइडको छ भने निकोलास ओकोडुवाको सिनेमाटोग्राफी छ भने बिशेष सज्जा अडाम साण्डरले दिएका छन ।

सरिना सैंजूका अतिरिक्त अन्य कलाकारहरुमा इम्मानुएला सामुयल, फेलिनो, डोलोसो, हावा बार्न्स, रविन रोइस क्वेरी, सालाहुद्धिन आयुबी, रिको बाण्डेरास र ओगे ओबिओकोलिए छन ।

भेगास मोभी अवार्ड्समा VEGAS MOVIE WARDS (Las Vegas, USA), BEST INDIE FEATURE – Award of Excellence र BEST COSTUME DESIGN – Award of Excellence प्राप्त गरेको यो फिल्मलाई विस्वभरी देखाउने गरी अमेरिकाको लस एन्जेल्सस्थित प्रतिष्ठित चलचित्र कम्पनी “Leomark Studios” संग संझौता भएको छ ।