जेठाजुले बुहारीलाई बन्चरोले मूला का,’टेझैँ का,’ट्नुको रहस्य खोले छोराले, रुदै भने

काभ्रे । बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गर्ने जेठाजुलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई धरिलो हतियार बन्चरो प्रहार गर्ने जेठाजु पक्राउ परेका हुन् । विहिबार विहान घरायसी विषयमा विवाद हुँदा बन्चरो प्रहार गरिएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । श्यामपाटी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले बञ्चरो प्रहार गर्ने जेठाजु सुर्दशन अधिकारीलाई नियन्त्रणमा लिएको छ । ३५ बर्षीया रञ्जना अधिकारी डराउनेपोखरी स्वास्थ्य चौकीमा केहि वर्ष देखि कार्यालय सहयोगिका रुपमा कार्यरत थिईन् ।

एक सन्तानकी आमा रञ्जना र उनका श्रीमान बीच केहि समय अघि सामान्य खटपट भए पनि पछि सँगै बस्दै आएका थिए । भारतमा बस्दै आएका जेठाजु सुर्दशन कोरोना भाईरस नियन्त्रण गर्न लकडाउन गर्नु अघि घर फर्किएका थिए ।

हेर्नुहोस के भन्छन त मृतकका छोरा |