विश्व विद्यालयका वास्तविक “प्रोफेसर डक्टर हरु” को उचाई यस्तो हुन्छ । #Prof. Dr. Govinda K.C.

डाक्टर ए पोख्रेल,

१. प्रोफेसर डक्टर गोबिन्द केसी चार पाँच महिना देखि पश्चिम नेपालको गाउँ गाउँमा घुमेर बिरामीहरूको निःशुल्क परीक्षण तथा उपचार गर्दै हिँडिरहेका थिए ।

२. तर हाल आएर नेपाल सरकार उनको त्यो व्यक्तिगत अभियान देखि डराएर जनपद पुलिस मात्र होइन शसस्त्र प्रहरी समेत लगाएर उनलाई अवरोध गर्दै छ ती गाउँमा पुगेर ।

३. यसको कारण पनि यहाँ उल्लेख गर्नु मनासिव देखिन जान्छ । उनले फेरि पनि भनेका छन् “नेपालको स्वास्थ सम्बन्धी तथा उपचार सम्बन्धी राम्रो व्यवस्था गर सरकार, अन्यथा म पुन अनसन बस्छु” ।

३. उनले दश वर्ष देखि उठाएको यो कुरा के सही होइन ? के उनले आफ्नो व्यक्तिगत स्वार्थका लागि यो काम गरिरहेका छन् ? छन् भने उनलाई के फाइदा छ ? यसैले यो उनको नितान्त सामाजिक चेत अन्तर्गत सुरु गरिएको व्यक्तिगत अभियान हो ।

४. यो प्रकारको नैतिक दायित्व तथा राजनैतिक र व्यक्तिगत स्वार्थबाट माथि उठेका नेपालमा कति जना प्रोफेसर हरु छन् ? छन् भने उनीहरु पनि संगठित रूपमा यो समाजको लागि उठ्ने बेला भएन र ?

५. एउटा प्रस्न गर्नु शायद सही हुन जान्छ । पटक पटक यसरी नै दर्जन पुलिसहरुले एउटा निहत्था प्रोफेसर लाई यसरी घेरा हालेर आतंकित पार्नु के सही हो ? के पुलिसका हाकिमहरूमा चेतना र विवेक केही पनि हुँदैन ? के पुलिसले माथिको आदेश आउने बित्तिकै आफ्नो विवेक गुमाउनु पर्ने रहेछ ?
अस्तु ।
ए पोख्रेल