मुख्य तीन राष्ट्रिय विशेषता वामदेवका

डाक्टर ए पोख्रेल,

वामदेवका राष्ट्रिय विशेषता मुख्य तीन छन् ।

१. कालापानी देखि पूर्व मेची सम्मका सीमाना मिचिएको तथा दर्जनौं सीमा स्तम्भ उखेलेर फालिएको वा सारिएको भारतको तर्फबाट भनेर नेपाली जनता सामु प्रस्ट बुझ्ने भाषामा उजागर गर्ने नेता हुन बामदेब गौतम ।

२. देशका नदी नाला, सन्धि सम्झौता मा व्यापक पैमानमा राष्ट्रिय अन्तर्घात भएको छ । ती सन्धिहरु अस्वीकार गर्नु पर्छ भनेर सामान्य जनताले बुझ्ने भाषामा पूर्व देखि पश्चिम महाकाली सम्म, राष्ट्रिय अभियान चलाउने प्रथम मानिस हुन् बामदेब गौतम ।

३. माथिका राष्ट्रिय एजेण्डाहरुलाई मुख्य विषय बनाएर उनी र उनको पार्टी तत्कालीन “नेकपा माले” चुनावमा होमिएको थियो । राष्ट्रियतालाई प्रमुख एजेण्डा बनाएर चुनावमा होमिने नेपालको प्रथम पार्टी नै उनको “नेकपा माले” पार्टी थियो ।

४. अहिले पनि उनका बिरुद्द केही मानिसहरू नियोजित रूपमा र एउटा रणनैतिक योजना अन्तर्गत लागेका थिए र छन्, त्यही माथिका बुँदा नं एक, दुई र तीन का कारणले ।

५. अर्थात् देशको राष्ट्रियताको पक्षमा बोल्ने र उभिनेहरुको बिरुद्द सुनियोजित तरिकाले यहाँ आक्रमण गरिरहन्छन् यसरी नै । यसको लागि लैनचौर स्थायी संस्था हो । सबै कुराहरू प्रस्ट भइसकेको छ । कालापानीमा बाटो निर्माण गर्ने र गराउन भित्री सहमति दिनेहरु सबै अहिले पनि उनको बिरुद्द अनेक आरोप लगाउने गर्दछन्।

६. यसरी बामदेब गौतमले नेपाली जनतामा राष्ट्रियताको राम्रो चेतनाको निर्माण गरिदिए । त्यही कारणले नै वा त्यही अन्तर्गत वामदेवलाई अनेक प्रकारका आरोप लगाएर बदनाम गर्ने कोशिस हुने गरेको हो । तर हामी सामान्य जनता पनि तिनीहरूको कुरा सुनेर उनको बिरुद्द लेख्ने र बोल्ने गरेको देखिन्छ ।

७. गत चुनावमा पनि सुनियोजित तरिकाले उनलाई हराउन आफ्नै पार्टीका केन्द्रीय नेताहरु देखि लिएर उनलाई हराउन चाहने नेपाल विरोधी शक्तिहरू लागेका थिए अनि सजिलै हराई दिए पनि ।

८. त्यो चुनाव “माक्सवाद को पक्षमा” थिएन । “मासु भातको पक्षमा” भएको थियो । अर्थात् साम, दाम, दण्ड भेद सबै प्रयोग गरेर किनिएको चुनाव थियो । “मासु भात बिकाउ” चुनाव अन्त्रगर्त को मापदण्ड नेपालको हकमा व्यक्तिको मूल्यांकन सही होइन !
अस्तु ।
ए पोख्रेल ।