जब कोरोनाको औषधि छैन,विश्व नै अनवरत रुपमा यत्रो समयदेखि लागिरहँदा पनि औषधि बन्न सक्दैन अनि पिसिआर टेस्टको हाउगुजी के को लागि हो?

शशि शर्मा आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ :

मनमा लागेको कुरा !

-जब कोरोनाको औषधि छैन,विश्व नै अनवरत रुपमा यत्रो समयदेखि लागिरहँदा पनि औषधि बन्न सक्दैन अनि पिसिआर टेस्टको हाउगुजी के को लागि हो?

-जोरो आयो,टाउको दुख्यो, रुघाखोकी लाग्यो भने त्यसैको औषधि खाने हो कोरोनाको त हैन ! अनि पिसिआर परिक्षणमा करोडौं अरबौं खर्च गरेर के अर्थ छ ?

-लकडाउन र निषेधाज्ञाको नाममा जनतालाई आफ्नै घरमा बन्दी बनाएर रोजिरोटिको मेलोलाई अस्तव्यस्त गराउनुको अर्थ के छ?

-बिरामीलाई टेस्ट पोजेटिभ आयो भने महाअपराधी होला भनेझैं समाजले तिरष्कार गरेको छ,कतिले घरमै र कतिले अस्पतालमै देह त्याग समेत गरेका छन् । यसले कस्लाई फाइदा भयो त?

-कोरोना संक्रमीत भन्दा सयौं गुणा बढी जनता भोकभोकै मर्न थाले,त्यति नै संख्यामा मानसिक रुपमा बिछिप्त छन् । त्यसको जिम्मेवारी कस्ले लिन्छ?

-बरु कोरोनाको नाममा हुने लगानीलाई कृषिमा लगानी गरौं र लाखौं युवालाई स्वरोजगार बनाऔं ।

-औषधि नै नभएको रोगको परिक्षणको हाउगुजी देखाएर मुलुकलाई ठप्प पारेर जनतालाई भोक र शोकमा डुबाउनु अब चाहिँ गलत हुन्छ ।
-त्यसैले अब सरकारले नयाँ तरिकाले सोच्नुपर्छ ।