अबको अर्थ मन्त्री बामदेब गौतम, नेपाली राजनीतिको आवश्यकता ।

डाक्टर ए पोख्रेल ।

१. पहिलो “बजेट भाषण” गर्ने दिनको साँझ नै यो अर्थ मन्त्रीलाई यात त राजीनामा गराउँ वा अर्को पूरक बजेट भए पनि लेराउँ भनेर नेकपालाई यही वालबाट सुझाव पेश गरेको हो । तर दुई वर्षसम्म राष्ट्रिय ढुकुटी ठूला वडाहरू लाई लुट्नु लुटाई आफ्नो कुर्सी सुरक्षित गरिरहे !

२. कम्तीमा पनि बामदेब गौतम जस्तो क्रान्तिकारी विचारले ओतप्रोत भएका कामरेड लाई त्यही मन्त्रालय दिनु अहिले बहुत उपयुक्त हुन जान्छ । नेपाली राजनीतिको आवश्यकता यही हो अहिले ।

३. मैले निस्फिक्री भन्न सक्छु, अहिलेका “एशियाका ठूला विद्वान अर्थमन्त्री खतिवडा” का भन्दा बढी र सही प्रकारका जन कल्याणकारी योजनाहरु र कार्यक्रम बामदेब गौतमले पेश गर्नु हुनेछ । त्यो चाहाना उहाँमा जरुर छ ।

४. वामदेव गौतमबाट प्रस्तुत हुने तिनै कार्यक्रमले गर्दा नै आउँदो दुई वर्ष पछिको संसदीय चुनावमा नेकपा जनता सामु गर्व गर्दै भोट माग्न जाने छ र फेरि बहुमत ल्याउने छ, यदि पार्टी फुट भएन भने ।

५. अन्यथा खतिवडा मार्फत नेकपा पार्टी पैशा को भरमा मात्र चुनाव लड्ने क्षमता राख्ने छ । अर्थात् अहिले पैशा कमाउ पछि त्यही पैशा ले भोट किनेर चुनाव जित्ने ! कुन विकल्प ठीक होला नेकापालाई नं ४ वा ५ ?

अस्तु ।
ए पोख्रेल ।