आन्तरिक उडान कहिले खुल्छ ? बामदेव गौतम हुन्छन् त अर्थमन्त्री ? हेर्नुहोस आज भदौ १९ गतेका मुख्य समाचारहरु

वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) ले सरकारका कारण आन्तरिक हवाई उडानका विषयमा अन्योल बढेको बताएको छ ।

सञ्चालकहरुले कोरोना संक्रमण हुनै नदिने गरी सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पुरा गरेर उडान गर्ने बताएपनि सरकारका कारण आन्तरिक उडानमा ढिलाइ भएको सञ्चालक संघको भनाइ छ ।

सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले सम्पूर्ण ‘स्वास्थ्य प्रोटोकल’ पुरा गरी उडानको तयारी अवस्थामा सञ्चालकहरु रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल वायु सेवा निगमले जारी गरेका मापदण्डअनुसार आन्तरिक उडान गर्न सञ्चालकहरु सक्षम रहेपनि खुला नगरेको भन्दै उहाँले तिव्र असन्तुष्टि जनाउनुभयो । योसंगै आजका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :