पवन गिरीको ‘काठमांडूको साढे सात’ गीत सार्वजनिक

गायक पवन गिरिको आवाजमा रहेको नयाँ गीत ‘काठमांडूको साढे सात’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द रहेको गीतमा कल्याण सिंहसंग मिलेर पवन गिरीले कम्पोज गरेका छन् । सम्राट न्यौपानेले एरेन्ज गरेको यो गीतको भिडियो राज पोखरेलले खिचेका हुन् । यसै गरी सम्पादन प्रतीक ढुङ्गेलले गरेका हुन् । सुजय गौतमको कन्सेप्ट रहेको भिडियोलाई प्रतिक ढुंगेलले सम्पादन गरेका छन् ।

सामान्य अवस्थामा काठमाडौंको अव्यवस्थित सडक, भीडभाड, धुँवाधुलोले मानिसको दैैनिकीलाई गाह्रो बनाएको थियो । अहिले कोरोना भाइरसको महामारीले काठमाडाैंको जनजीवन शून्यप्राय: छ । निषेधाज्ञापछि अत्यावश्यक बाहेक सबै सवारी सञ्चालनमा प्रतिबन्ध छ । मानिसहरू जथाभावी घरबाट निस्किन पाएका छैनन्, भीडमाड छैन । यसले पनि मानिसको दैनिकी अप्ठ्यारोमा पारेकै छ । रक जनरामा तयार पारिएको यो गीत काठमाडौँको यिनै बेतिथिलाई आधार बनाएर तयार भएको छ ।

गायकले आफ्नै युट्युव च्यानल पवन गिरीबाट म्यूजिक भिडिओ सार्वजनिक गरेका छन् ।