उहाँ बिनाको जिन्दगी बाँचेर के गर्नु ? बाँचे पनि संगै मरे पनि संगै मर्छु !

रोजगारको शिलशिलामा उनी ९ बर्ष देखि दिल्लीको श्रीनगरस्थित एउटा कम्पनीमा वोल्डिङको काम गरेका उनी ९ बर्ष धेरै पटक नेपाल आउनी जानी गरेका थिए । बिगत एक बर्ष अगाडी उनी घरमा परिवार भेटन आएका आफ्नो छुट्टी सकेर पुन दिल्ली कम्पनीमा फर्किदा गएको ५ दिन मै बिरामी परे र अस्पताल जादा एक्कासि दुबै मिर्गौलाले काम गर्न छोडेको भनी अस्पतालबाट रिपोर्ट आयो । सकुशल दिल्ली आएका लोकबहादुर एक्कासि आफ्नो दुबै मिर्गौला फेल भएको रिपोर्ट हेर्दा आफै झन्डै होस् नै गुमाएनन् ।

दैलेख जिल्ला ठाटीकाँद वडा ५ तोलीजैसी निवासी लोक बहादुर बिक आफ्ना साना नाबालक छोराछोरी र परिवार पाल्न दिल्ली पुगेका थिए ।सामान्य बिरामी हुँदा एक्कासी आफ्नो दुबै किटनी खराब भए पछि उनी सिधै काठमाडौ आए । दैलेखमा आफ्नो सम्पत्ती नाममा भएको ऐलानी जग्गा थियो त्यही पनि तीन लाखमा बेचेर काठमाडौ बालाजु नजिकै एउटा सानो कोठा लिएर राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा हप्तामा तिनपटक डाइलोसिस गरि बाँचिरहेका छन् ।

साना बच्चाहरु साथै बिरामी श्रीमान यतिबेला २६ बर्षकी उनको जिबनसगिनी इसारा बिकको काँधमा बोक्नै नसक्ने बोझिलो आर्थिक संकट र भार आइपरेको छ । काठमाडौ कै नजिकका चोक गल्लीमा बच्चा च्यापेर ठेला गुडाउदै म:म , चाउमिन बेचेर जेनतेन गुजारा चलाइकी थिइन । हप्तामा ३ पटक डाइलोसिस गराउदा ४ हजार जती खर्च लाग्ने अनि खाना , भाडा उनको दैनिकी ठेला गुडाएर कमाएको पैसाले हम्मेहम्मे नै हुन्थ्यो ।

लकडाउन बन्यो भोकमरी
जब चैत ४ बाट लकडाउन सुरु भयो इसराको दैनिक रोजीरोटी बन्द भयो । एकातिर घरमा बालबच्चा र श्रीमानलाई खुवाउने खाना र अर्को तिर कोठा भाडा , अर्कोतिर श्रीमानको उपचार अब ठेला गुडाउन नपाए पछि आर्थिक स्रोत नै बन्द भयो । लकडाउनको बेला कयौं रात भोकै सुतेको पीडा आखाबाट आँसु बगाउदै सुनाउछिन उनी ” हामी त भोकै सुत्न सकिन्छ तर यी साना बच्चाले खाना माग्छन् म के गर्नु कयौ रात बच्चालाई जाउलो खुवाएर हामी भोकै सुतेम, कहिले दुई तीन दिनमा भात खाएम , बच्चाले कपडा लगाउन खोज्छन् , खान खोज्छन् के गर्नु , नजिक पसलमा एक बोरा चामल उधारो माग्न गएको नि साँहुले दिएनन् , घरमा एक मुठी चामल नि छैन खाली बोरा देखाउदै रोइन् । यो पीडा मेरो आफ्नो आँखाले देख्दा म आफ्नो आँखाबाट आँसु थाम्न सकिन , भोकले छट्पटीएको यो परिवार र बच्चा देख्दा कताकता लाग्यो गरिब हुनु त्यही माथी रोग लाग्नु कसैलाई नपरोस् ।

बेलुकाको खाना खानु भनी म सग भएको रु १००० दिएर निस्के ।

तर मलाई यो परिवारको भोक , रोग र पिडाले आरामले बस्नै दिएन । आफ्नो जन्म दिनमा रु .५००० सहयोग डम्मर बराइलीबाट राष्ट्रिय सुनचाँदी ब्यबसायी मंचका बरिस्ठ उपाध्यक्ष डम्बर बराइलीले आफ्नो त्यही दिन परेको जन्म दिनमा रु पाँच हजार खाधान सहयोगको लागि सहयोग गर्नु भयो । कास्की निवासी हाल कतारमा रोजगारीको शिलशिलामा रहेका शंकर बिकले यो दु:ख देख्ना साथ वहाँको पनि जन्म दिनकै अबसरमा रु ,५००० हजार सहयोग पठाउनु भयो ।

उक्त सहयोगको खाधान्न किनेर भोलिपल्ट नै म पुगे।

केही लत्ताकपडा मेरो तर्फबाट साथै वहाँहरुको सहयोग पुग्दा त्यो परिवारमा एउटा खुसी छाएको देखिन्थ्यो , २ महिलाइ पुग्ने रासनले केही समयको भोक त टर्ला तर…..

लोकबहादुर भन्छन् ६,७ लाख भए म बाँच्न सक्छु लोकबहादुर बिकलाई पैसा कै कारण आँफू बाँच्न पाउदिन कि भन्ने चिन्ताले छट्पटीएका छन् । आफ्नै श्रीमतीको मिर्गौला मिले पनि मिर्गौला प्रत्यारोपण गर्न ६,७ लाख लाग्ने डाक्टरले बताए पछि अहिले यतिका पैसा कहाँबाट जुटाउने ?

भएको सारा जग्गा सम्पत्ति सकियो कसले दिन्छ र अब यतिका पैसा ? साहुले एक बोरा चामल त उधारो पत्याएनन , छोराछोरी सानै छन् १०,१५ बर्ष बाच्नु पाए यी छोराछोरीलाई हुर्काउथे , आफै काम गरेर पाल्थे , पढाउथे , यती भन्दै गर्दा उनका आँखा पनि रसाइरहेकी थिए, बाँच्ने आँसा गरेका लोकबहादुर बिक भन्छन्

देश बिदेशम रहने दाजुभाइ , दिदिबहिनीले मलाई सहयोग गरि बचाइदिनुस् मरे पनि संगै मर्ने बाँचे पनि संगै बाच्ने वहाँ बिनाको जिन्दगी म के गर्नु भर्खर २६ बर्षमा लागेकी उनकी जिबनसंगिनीले १५ बर्षमा बिवाहा भयो तीन चार घन्टाको फरकमा रहेका उनिहरुको घरको दुरीलाई बाल्यकाल मै प्रेम र बिवाहाको जीवन भरिकै निकट सुमधुर सम्बन्धको दुरीले जिबनसाथिको रूपमा गाँसिदियो ।

बिवाहा गर्दा लोकबहादुर १७ र इसारा १५ बर्ष कि थिइन , नजिकै मेलापात र घासदाउरा गर्दै लगाएको पिरथी उनिहरु सदासदा सगै दुखसुखमा साथ दिने भनी सुटुकै भागेर बिवाहा गरे । बिवाहा पछि पहिलो सन्तान छोरा जन्मियो अहिले १० बर्षको भए त्यस पछि अर्को सन्तान छोरी १० बर्ष र सानी छोरी ३ बर्ष हामीलाई पाल्न नै वहाँ दिल्ली जानुभयो , पहिला राम्रो थियोे , बर्ष , बर्ष आउनु हुन्थ्यो एक्कासि यस्तो भयो …

आँखा भरी आसुका बलिन्द्र धारा बगाउदै भक्कानिन्छिन् इसारा ” हामी सगै बाच्ने र सगै मर्ने कसम खाएर बिवाहा गरेको हो ।

मेरो श्रीमान नभए म बाचेको के अर्थ ? म एक्लै बाचेर के गर्नु जब वहाँ नै हुनुभएन भने ? म मेरो एउटा मिर्गौला दिन्छु जति बाचिन्छ हामी सगै बाँच्छौ , सानो बच्चा छन् , बाबा , बाबा भन्छन् मेरा यी साना बच्चाको लागि पनि वहाँ बाच्नु पर्छ , जति बाचिन्छ सगै बाच्ने वहाँ केही हुनुभयो भनी म पनि मर्छु

निराश हुँदै भनिन् आफ्नैले त यस्तो बेला सहयोग गरेनन् अरुको के आसा गर्नु? यी बाहेक धेरै सुन्ने हिम्मत म मा टुटिसकेको थियोे । म कुरा अन्तै मोडे । अन्तिममा उनी हात जोडेर बिश्वभरी छरिएका नेपालीलाई अनुरोध गरिन म मेरो मिर्गौला दिन्छु प्रत्यारोपणको लागि ६,७ लाख लाग्छ मलाई सहयोग गरिदिनुस , मेरो श्रीमानलाइ बचाइदिनुस्। यी सबै आँसु भित्रको कथा सुनेर म आफै निसब्द छु ।

के हामी सबै मिलेर जुटेम भने २८ बर्षको यी युवालाई बचाउन सक्दैनौं त ?
सरु सुनार बाकी