न्युड आर्ट गर्ने कलाकारको अनौठो अनुभव : महिलाहरुले गर्छन् LIVE नग्न चित्र कोर्ने प्रस्ताव

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, १७ भदौ । पोखराको एयरपोर्ट को अगाडी रहेको फाइन आर्टमा लामो समय चित्र कोर्दै आएका पुराना कलाकार हुन् यादव चन्द्र भुर्तेल ।

भुर्तेल न्युड आर्ट अर्थात नग्न चित्र बनाउने गर्दछन् । हिजो आज होइन उनले अर्धनग्न चित्र कोरेर प्रदर्शनी गरेपछि २०४८ सालमा जिल्ला प्रहरी कार्यालय कास्कीमा नै उजुरी परेको थियो । भुर्तेल भन्छन् – प्रमुख जिल्ला अधिकारी आफै आउनुभयो अनि ति तस्बिर हेरेर झन् मलाई हौसाला दिएर जानुभयो ।

भुर्तेलले आफुलाई २०४८ साल देखि अहिलेसम्म पनि समाजका विभिन्न व्यक्तिहरुले अर्धनग्न चित्र बनाएको भन्दै आलोचना गरिरहेको तर आफुले पनि त्यस्ता चित्र कोर्न नछोडेको बताउछन् ।
उनलाई त्यस्ता चित्र कोर्न निकै मन पर्छ । हामीले उनलाई अब त उमेरले पनि बुढेसकाल लागन थाल्यो यस्ता चित्र कोरिरहनुहुन्छ भनेर सोध्यौँ । उनले निकै फर्तिलो पारामा आफु युवा नै रहेको र आफुसंग अझै सृजना गर्ने, सोच्ने र चित्र कोर्नेबेलाको उत्तेजना नघटेको बताए । हेर्नुहोस उनै पोखराका कलाकार यादव चन्द्र भुर्तेलसंग गरिएको यो कुराकानी :