कक्षा १२ को परिक्षा कहिले हुन्छ ? हेर्नुहोस आज भदौ १७ गतेका मुख्य समाचारहरु

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैँअगाडि नै सञ्चालन गर्ने गरी सरकारसँग अनुमति मागेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसी लाई पत्राचार गर्दै बोर्डले दसैँअघि नै परीक्षा गर्ने अनुमति मागेको हो। विद्यार्थीको एक शैक्षिक सत्र खेर जान नदिन र उपल्लो तहको शिक्षाका लागि बाटो खोल्नका लागि पनि अब ढिला नगरी परीक्षा गर्नुपर्ने बोर्डको भनाइ छ। सरकारले अनुमति दिएमा पूर्वसूचना दिएर परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ । माध्यमिक शिक्षा परीक्षा एसईई मा जस्तो आन्तरिक मूल्यांकनबाट कक्षा १२ को परीक्षा नहुने सप्रष्ट बोर्डले पारेका छन् ।

वैशाखमा तय भएको कक्षा १२ को परीक्षा कोरोना महामारीले स्थगित भएको थियो। यो संगै आजका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :