पत्रकारिताले धर्म छाडेपछि अनिस्ट निम्त्याउँछ

पत्रकारिता आजकाल पत्रकारिता कम र मित्रकारिता र अर्थकारिता बढी भएको गुनासो सुनिन्छ । ….पत्रकारहरुले पनि देश बिगार्यो भनेर जुन आरोप लागाउने गरिएको छ यो पत्रकारिताको धर्म र मर्म नै नबुझेकाहरुले पत्रिका चलाउनुको दुस्परिणाम हो र यो सत्य पनि देखिएको छ । 

रामकुमार श्रेष्ठ

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठले करीब २ बर्ष अघि आफ्नो फेसबुक पेजमा पोस्टिङ् गर्नु भएको यो सामग्रीको महत्व आजको सन्दर्भमा पनि अत्यन्तै सान्दर्भिक देखेर जानकारीको लागि प्रकाशित गरिएको छ – सं]

नेपाली पत्रकारिता क्षेत्रमा पत्रकारहरुको बाढी आए पनि पत्रकारिताको धर्म र मर्म बुझेर पत्रकारिता गर्नेहरुको संख्या भने अत्यन्तै न्यून छ भन्ने बुझाई छ अधिकांश पत्रिकाहरु ब्यक्ति वा समूह बिशेषको उद्धेस्य प्राप्ती कार्यमा स्पस्ट रुपमा लागेको भन्ने आरोप लाग्ने देखिएकोले । कतिपय पत्रकार उनीहरुले चाहेको मान्छेलाई माथि ल्याउन सक्ने र नचाहेकोलाई जे पनि गर्न सक्ने भन्ने कुरा खुलेयाम गर्ने गर्छन् र गलत जानकारी सहितका सामग्री प्रकाशित गरिरहेका हुन्छन भलै उनीहरुको पत्रिका जस्को फोटो र सामग्री प्रकाशित गरिएको छ उनीहरुकै सानो सन्जालभित्र मात्रै सीमित हुनेमा नै किन नपरुन । यो मानसिकता पत्रकारिता क्षेत्रमा लाग्नेहरुमा पाइने अत्यन्तै दरिद्र एबं संकीर्ण सोंच हो र यस्तै किसिमको मानसिकताका कारण पत्रकारिता क्षेत्र प्रदूषित र आलोचित हुँदै गैरहेकोछ । वास्तबमा पेशेवार राम्रा पत्रकारले भने समाज र देशलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिन सक्छन ।

पत्रकारिता आजकाल पत्रकारिता कम र मित्रकारिता र अर्थकारिता बढी भएको गुनासो सुनिन्छ । यही कारणले गर्दा एउटा मूलधारको पत्रिकाको एकजना संबाददाताका सामग्रीहरु केही बर्षदेखि प्रकाशित त हुने, तर संबाददाताको नाम भने नराखिने गरिन्छ । यही कारण अन्तराष्ट्रिय खेलमा स्वर्ण पदक बिजेताको समाचार प्रकाशित गर्न टाउको कन्याउने, तर ताम्र र रजत पदक बिजेताको र झिनामिना समाचार प्रकाशित गर्न भने हतारिने मूलधारका पत्रकारका संबाददाताहरु पनि भेटिन्छन् ।

Newsweek का स्तम्भकार, The Washington Post का लागि साप्ताहिक स्तम्भकार, Newsweek International र Time को संपादक र CNN को साप्ताहिक कार्यक्रम Fareed Zakaria GPS (Global Public Square) का प्रस्तोता र विस्वमा नै चर्चा कमाएका केही पुस्तकका लेखक फारिद जाकारियाले plagiarism (copied from one another) गरेर पत्रकारिताको क्षेत्रमा गरेका गल्तीका कारण २०१२ देखि धेरै हदसम्म तुलनात्मक रुपमा एक किसिमले गुमनाम जस्तै बन्न पुगे । आफ्नो चर्चित पुस्तक The Post-American World मा वुद्ध जन्मस्थल बिषयमा उल्लेख गरिएको गलत जानकारीलाई नेपालीको चर्को दबाबका बाबजुद पनि खासै वास्ता नगरेका उन्को यो पुस्तक नेपालमा जलाउने काम पनि भयो ।

अर्कोतिर The Huffington Post का प्रधान संपादकको रुपमा कार्यरत आरियाना हफिङटन को The Huffington Post लाई AOL ले २०११ मा ३१५ मिलियन डलरमा किनेर आरियानालाई नै प्रधान संपादक मात्रै बनाएन यस्को अध्यक्ष पनि बनायो । Forbes ले २००९ मा उन्को Huffington Post लाई #१२ मा पर्‍यो भने Forbes ले नै २०१४ मा आरियानालाई विस्वकै शक्तिशाली महिलाको लिस्टमा ५२ नम्बरमा पार्यो ।

पत्रकारहरुले पनि देश बिगार्यो भनेर जुन आरोप लागाउने गरिएको छ यो पत्रकारिताको धर्म र मर्म नै नबुझेकाहरुले पत्रिका चलाउनुको दुस्परिणाम हो र यो सत्य पनि देखिएको छ । त्यसैले पेशेवार राम्रा पत्रकारहरुको ध्यान यतातिर समयमा नै जानु आबस्यक देखिन्छ । हामीकहाँ फारिद जाकारिया होइन आरियाना हफिङ्टनहरुको संख्या बढ्नुपर्छ ।