जन्तरे मामाले बिगत सम्झेर आँसु खसाले,बाल्यकालदेखी आजसम्मको कसैले नसोचेको भित्री कथा गितबाटै सुनाए (भिडियो हेर्नुहोस)

पुर्बबाट आजभोलि एकपछी अर्को सुमधुर आवाजले नेपाली गित सङ्गीतलाई धेरै माथि पुर्याउदै गरेको अवस्थामा फेरि एकपटक ४८ बर्सिय अमित कुमार राई मिडियामा आएका छन । जसको आवाजमा छुट्टै जादु रहेको पाइन्छ ।स्व. स्वर सम्राट नारायण गोपालका गितहरु दुरुस्तै गाएर चर्चामा आएका उनिमा अदभूत लुकेको प्रतिभा भेटिन्छ । घर पथरी सनिस्चरेमा बसोबास गर्ने जादुमय स्वरका धनी अमित कुमार राईको सानैदेखीको सपना गित गाउने रहेको बताउदै आखाभरी आँसु बनाए । सपना गायक बन्ने भएपनी बाध्यताले केही गर्न नसकेको र अहिले मात्र मिडियाले खोजी गरेको र आफू मिडियामा छाउदै गर्दा भावुक हुँदै सबैलाई धन्यवाद दिए । घर परिवार आफैले हेर्नुपर्ने अनि घरको आर्थिक अवस्था एकदमै नाजुक भएकाले गित रेकर्ड गर्न नसकेका उनको कहानी बेग्लै छ ।

चौबिसै घन्टा रेडियो बोकेर हिड्ने गरेका उनले आजसम्म कहि कतै गित संगीत सिक्ने मौका पाएका छैनन तर उनको गायकी देखेर जो कोहि चकित पर्छन । सम्भु राई, जितेन राई, स्वर सम्राट स्व नारायण गोपाल,उधित नारायण झा, लगायत धेरै गायकहरुको गित जस्ताको त्यस्तै नबिगारीकन गाउने उनको क्षमता देखेर अहिले सबै छक्क पर्ने अवस्था आएको छ । सुपर अनलाइन टिभीका संचारकर्मी तथा कलाकार समीर सुवेदीले लिएको अन्तर्वार्तामा उनले निकै राम्रा राम्रा गितहरु एकपछी अर्को गर्दै गाए ।

गरिबि अनि बाध्यताले लुकेको प्रतिभा जसले नारायण गोपालको दुरुस्तै गित गाउछन उनको यस्तो जादुमय स्वर छ कि जो सुनेपछी तपाई चकित पर्नुहुनेछ । आफू निकै चर्चित बनेपछि खुशी हुँदै सबैलाई धन्यवाद पनि दिए । तीन जना दाजु भाइ निकै रमाइलो गर्दै गितमा रमाउदै गाउने मादल बजाउने सारङी बजाने गरेको देख्दा निकै लोभलाग्दो देखिन्छ । कुराकानीमा जन्तरे मामाका दाजु र भाइले बिगत सम्झेर जन्तरे मामाको बाल्यकाल देखि आजसम्मको सम्पुर्ण कुराहरु सुनाउदा एकाएक जन्तरे मामाको आँखाबाट आँसु खस्यो । जन्तरे मामाले गितबाटै कसैले नसोचेको उनको भित्री कथा यसरी सुनाए तलको भिडियोमा हेर्नुहोला मन छुनेछ |