काम जे गरेपनि हुन्छ, लाज मान्नु हुदैन ! ५ वर्षदेखि साइकल बनाउने पुजाबाट केहि सिक्नुहोस

पोखराको मुस्ताङ चोकमा प्राश्ना साइकल ममर्त केन्द्र छ । उक्त पसल विगत ५ वर्ष देखि पुजा तामाङले संचालन गरिरहुनभएको छ । आफ्ना श्रीमानबाट सिकेको सिप अर्थात साइकल ममर्त गर्ने काम उहाँले निरन्तर गर्दै आउनुभएको ।

हामीले उहाँलाई सोधेका थियौँ, किन यहि काम गर्दैहुनुहुन्छ ? उहाँले भन्नुभयो – आफुले जानेको काम जे गर्दा पनि हुन्छ । अरुको जागिर खानु भन्दा आफ्नो काम गर्न धेरै ठिक हुन्छ । साइकल ममर्त सम्बन्धी सबै काम गरेपनि कहिलेकाँही अली गाह्रो काममा उहाँका श्रीमानको साथ माग्नुपर्ने पुजाको भनाई छ । यहि पसलबाट खान बस्न र एउटा छोरालाई पढाउन सकेको उहाँको भनाई छ ।

उहाँका अनुसार पहिला पहिला साइकल चढ्ने मानिस धेरै थिए आजकल साइकल चढ्ने कम भईसकेका छन् । तर पनि राम्रोसंग काम गर्नेहो भने यसबाट घाटा नहुने उहाँको अनुभव छ । १ लाख ५० हजारमा आफुहरुले सुरु गरे साइकल मर्मत केन्द्रले ३ जनाको परिवारलाई बस्न खान र छोरालाई पढाउन सकिरहेको उहाँको भनाई छ ।

महिला दिदीबहिनीहरुलाई उहाँले श्रीमानले कमाउछन् मैले किन काम गर्नुपर्यो भनेर नबस्न सुझाव दिनुहुन्छ । आफुले केहि न केहि काम गर्नुपर्ने उहाँको भनाई छ । उहाँसंग हामीले गरेको यो कुराकानी हेर्नुहोस :