एक आमाले बच्चा जन्माएपछि जमिनमा गाडिन्, प्रहरीले यसरी समात्यो (भिडियो)

कास्की जिल्लाको रुपा गाउँपालिका ३ की रिता मल्ल सिह नजवात शिशु जन्माएपछि जमिनमा गाडेको आरोपमा पक्राउ परेकी छन् । आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले सिंहलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार तनहुँ व्यास नगरपालिका – ६ घर भई खाल्टे बस्दै आएकी मल्लले नवजात शिशुलाइ जन्म दिई साउन २७ गते रुपा गाउँपालिका – ३ टाकान्जामा फालेकी थिइन् ।

टाकान्जामा शिशुको शव फेला पारेपछि अनुसन्धान पश्चात मल्ललाई उनकै बासस्थान खाल्टेबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए । हेर्नुहोस् स्थलगत रिपोर्ट