परदेशीको पिडा समेटिएको बिरानो देश सार्वजनिक (भिडियो सहित)

काठमाडौं । बिदेशिएका युवाहरुको पिडामा आधारित अर्को गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा आफ्ना रहरहरुलाई तिलाञ्जली दिएर खाडीमा पसिना बगाउँदै गर्दा ज्यान गुमाउँनु पर्दाको पिडालाई समेटिएको बिरानो देश बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

दर्दनाक दृष्यहरु समाबेश गरिएको यस गीतमा अमराज नहर्कीको शब्दमा नवराज थापाको संगीत तथा स्वर रहेको छ । सुदिप पौडेल र पूजा के.सी.को प्रमुख भूमिका रहेको यस भिडियोमा बोलप्रसाद सुवेदी, तुलसीमाया सुवेदी, सुबास जैसी, तुलसीराम पाण्डे लगायतका कलाकारले पनि अभिनय गरेका छन् । त्यसै गरी रमेश शर्माको छायाँकनमा समुन्द्र पौडेलले निर्देशन गरेको भिडियोको सम्पादन सुभास आम्गाईंले गरेका हुन् ।