“ तिमिलाई नै खोजीरहन्छ मन ” विजय र बन्दनाको सार्वजनिक । (भिडियो सहित )

काठमाण्डौ …… “ तिमिलाई नै खोजीरहन्छ मन ” आखिर कलाई खोजदै छ बिजय बिष्ट र बंदना जिमोमिन को मन ले ? लकडाउन को समयमा जनजिवन अस्त व्यस्तभैरहेको समाय मा रोग संग-संगै धेरै कुरा हरु ले प्रभाव पारेको छ ।

आज कुरा रोग को हैन माया को गर्दै छौ ।

गीत संगीत को जगतमा ३ वर्ष आफुलाई हिडालिसकेको एउटा नया नाम बिजय बिष्ट हुन।आफनै संगीत र शब्द मा उमेश बि.के को साथ लिएर नव गायिका बंदना जिमोमिन को साथ मा यूगल गीत तिमिलाई नै खोजीरहन्छ मन लिएर आएका छन ।गीत मा विशुद्ध माया प्रेम लाई समेटी माया गर्ने जोडी हरु को मन को भाव लाई गीत को शब्द संगीत संगै बंदना र बिजय ले आफ्नो स्वोर बाट व्यक्त गरेकाछन ।

गीत मा संगीत समायोजन निरज श्रेष्ठ ले गरेका छन भने गीत लाई रिकॉर्डिंग र मिक्सिंग मास्टरिंग गरि साउंडमिल स्टूडीयो मा रेकर्ड गरिएको छ।भिडियो लाई संजित के. घिसिङ ले छायाङकन तथा निर्देशन गरेका छन भने मेरी लिम्बू संग बिजय नै देखिएका छन।मेकप मा बंदना आफैले कामगरेकि छिन र भिडियो को सम्पूर्ण व्यावस्थापन को जिम्मा बिशाल थापा ले लिएकाछन।

मिलिएन व्यूज़ को होड़वाजी चलीरहेको नेपाली संगीत जगत मा एउटा नया नाम र नया काम लाई स्थान पाऊन गारो हूने समाय मा पनी नेपाली संगीत मा केही राम्रो कुरा लिएर आऊने यो काम लाई सबै ले प्रोतसाहन गर्नुपर्छ।

लकडाउन को समय मा सामाजिक दूरी कायम राख्र्दै Online ग्रूप NSOG संग NSOD ग्रूप ले सहकार्य गरी भदौ ,५ शुक्रवार बेलूकी “ तिमिलाई नै खोजीरहन्छ मन “ गीत लाई बिमोचन गरी जाना म्यूज़िक ( Zaana Music ) यूटूब चैनल मार्फ़त रिलिज गरीएकोछ । छोटो समय मा गीतले धेरै दर्शक को मन जित्न सफल हुदै राम्रो प्रतिक्रिया बटुल्दै आएको छ।७ दिनमै ११२००० भन्दा धेरै जनाले हेरीसकेको यो गीत को भिडियो पनी समग्रमा राम्रो बनेको छ । हेर्न र सुन्न छुटाउनु भए को छ भने( Zaana Music channel ) मा सबैले हेर्न र सुन्नसक्नु हुनेछ ।