स्व नारायण गोपालको पुनर्जन्म, दुरुस्तै गाउने जादुमय स्वरका बाजे, सबै चकित पार्ने आवाज, भावुक बने कुमार राई (भिडियो हेर्नुहोस)

पुर्बबाट आजभोलि एकपछी अर्को सुमधुर आवाजले नेपाली गित सङ्गीतलाई धेरै माथि पुर्याउदै गरेको अवस्थामा फेरि एकपटक ४८ बर्सिय अमित कुमार राई मिडियामा आएका छन । जसको आवाजमा छुट्टै जादु रहेको पाइन्छ ।स्व. स्वर सम्राट नारायण गोपालका गितहरु दुरुस्तै गाएर चर्चामा आएका उनिमा अदभूत लुकेको प्रतिभा भेटिन्छ । घर पथरी सनिस्चरेमा बसोबास गर्ने जादुमय स्वरका धनी अमित कुमार राईको सानैदेखीको सपना गित गाउने रहेको बताउदै आखाभरी आँसु बनाए । सपना गायक बन्ने भएपनी बाध्यताले केही गर्न नसकेको र अहिले मात्र मिडियाले खोजी गरेको र आफू मिडियामा छाउदै गर्दा भावुक हुँदै सबैलाई धन्यवाद दिए ।

घर परिवार आफैले हेर्नुपर्ने अनि घरको आर्थिक अवस्था एकदमै नाजुक भएकाले गित रेकर्ड गर्न नसकेका उनको कहानी बेग्लै छ । चौबिसै घन्टा रेडियो बोकेर हिड्ने गरेका उनले आजसम्म कहि कतै गित संगीत सिक्ने मौका पाएका छैनन तर उनको गायकी देखेर जो कोहि चकित पर्छन । सम्भु राई, जितेन राई, स्वर सम्राट स्व नारायण गोपाल,उधित नारायण झा, लगायत धेरै श्रस्ठाहरुको गित जस्ताको त्यस्तै नबिगारी गाउने उनको क्षमता देखेर अहिले सबै छक्क पर्ने अवस्था आएको छ । सुपर अनलाइन टिभीका संचारकर्मी तथा कलाकार समीर सुवेदीले लिएको अन्तर्वार्तामा उनले निकै राम्रा राम्रा गितहरु एकपछी अर्को गर्दै गाए ।

उनले गित गाइरहदा केही समय अगाडी ५ रुपैयाँमा खाना बेचेर अनि लाखौ ठगी गरेर भागेकालाई भारत सम्मै पुगेर समातेर रामधुलाइ गरेर प्रहरीको जिम्मा लगाउन सफल कुमार राई भावुक बने कुमारका आँखा रसाए । कुमारले गित रेकर्ड गराउन आफुले सहयोग समेत गर्छु भनेका छन । गरिबि अनि बाध्यताले लुकेको प्रतिभा जसले नारायण गोपालको दुरुस्तै गित गाउछन उनको यस्तो जादुमय स्वर छ कि जो सुनेपछी तपाई चकित पर्नुहुनेछ तलको भिडियोमा हेर्नुहोला |