” सडक डिभिजन तथा गाउपालिकाले उचित ध्यान नदिदा आफ्नै खर्चमा डोजर लगाएको र कहिले रात भर पनि बाटोमै बिताउनु परेको अवस्था ” गुल्मी सडक बिजोग (भिडियो सहित)

रिडि- रुद्रबेणी – वामी सडक अन्तर्गत पर्ने उल्लिखोला नजिकैको स्थानमा पटक – पटक सडक अवरुध्द हुने गरेकोछ। विशेष गरी वर्षायाम शुरुभए पछि मुल सडक बढिगाड खोलाले डुबाउने र सहायक सडकको अवस्था जिर्ण भएकोले सवारी तथा यात्रीले सास्ती भोग्नुपरेको हो।

सत्यवती गाउपालिका अध्यक्ष पारिश्वर ढकालका अनुसार मुल सडक अन्तर्गतको डुवानमा परेको खण्डको निर्माणको काम ठेकेदार तथा सडकडिभिजन कार्यालय, पाल्पाको सहि समन्वय नहुदा अफ्ठ्यारोमा परेको हो। पहिले यो सडक मदन भण्डारी परियोजनाले हेर्ने गरेको र त्यसपछिशिवपुर गोह्रुसिंगे सडक डिभिजनले ठेक्काको केहि काम हेर्ने र अहिले पाल्पाले हेर्ने गरेकोले पुराना र नया योजना तथा ठेक्काको कामले सहिगति लिन नसकेको हो।

ढकालका अनुसार ठेकेदार दधि पाण्डेले उक्त क्षेत्रमा काम गर्ने ठेक्का पाएको तर वर्षा र कोभिड महामारीको कारण समय मै काम शुरु हुनसकेको छैन। साथै सडक डिभिजनले बाटोको नक्सांकन गरेपछि निर्माणको काम शुरु हुनेछ र तत्कालको लागि गाउपालिकाले नै सहायकसडकको मर्मत गरिरहेको छ।

सडक डिभिजन कार्यालय, पाल्पाका इन्जिनियर राम बिहारी चौधरीका अनुसार सो सडक निर्माणको लागि दधि पान्डेको रेसुङ्गा कन्ट्रक्सनलाई१ करोडको ठेक्का दिइएको र केहि समयमा काम शुरु हुनेछ तथापि पटक – पटक लेते खोलाले दुख दिने भएकोले पक्कि पुल नै दिर्घकालिनसमाधान हो । पक्की पुलको लागि डिभिजन कार्यालयले सिफारिस गरिसकेकोछ।

यसै सम्बन्धमा उक्त क्षेत्रमा चल्ने यात्रु तथा सवारीचालकले ” सडक डिभिजन तथा गाउपालिकाले उचित ध्यान नदिदा बेलाबेलामा आफ्नै खर्चमाडोजर लगाएको र कहिले रात भर पनि बाटोमै बिताउनु परेको ” बताएकाछन्।

स्थानियका अनुसार यसै क्षेत्रका संघिय सांसद प्रदिप ज्ञवाली तथा प्रदेश सांसद सुदर्शन बराल दुबै मन्त्री पदमा रहेको भए पनि सडकको हालतयस्तो हुनु दुखद रहेको बताएका छन्।- भिडियो सामग्री तुलसीराम भण्डारीको सहयोगमा