चर्चित गायक हरिश माथेमाको “स्वप्निल रङ्गमा रङ्गेकी तिमी ” नयाँ भिडियो सार्वजनिक

चर्चित गायक हरिश माथेमाको “स्वप्निल रङ्गमा रङ्गेकी तिमी ” नयाँ भिडियो(श्रब्य दृश्य) सार्वजनिक भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका गायक माथेमाको यो गीत चर्चित मध्ये कै एक हो ।

गायक माथेमाले अमेरिका उक्त गीतलाई नयाँपन दिदै नयाँ प्रस्तुति दिएका छन् । उक्त भिडियो (श्रब्य दृश्यमा) नयाँ कलाकारहरुले अभिनय गरेका छन् ।

भुपेन्द्र रायमाझीको शब्द र सङ्गीत रहेको उक्त गीत सबैको मुखमा झुन्डिएको थियो भने अझ पनि बिगतमा यो सुनेका श्रोताले अझ स्मरण गर्दछन ।

सङ्गीत संयोजन दिवेश मुल्मीको रहेको छ भने कलाकार उकुषा गिरी तथा मन्श श्रेष्ठ(अपिल)ले अभिनय गरेका छन । संपादन तथा निर्देशन लोकेश बज्राचार्यले गरेका छन् ।

गीत सान्टना रेकर्डले गरेको हो ।