सिनेक्षेत्रमा पाईला चाल्दै सरोज

पूर्वमा विभाह छायंकान, तथा फोटो ग्राफरहरुको नाम लिनु पर्दा सबै भन्दा सुरुमा निस्कने नाम हो, सरोज श्रेष्ठ । विगत ८-९ वर्ष देखी पूर्वी झापाको दमकलाई कार्यक्षेत्र बनाई फोटो ल्याण्ड स्टूडियो चलाउदै आएका सरोजले रोज बिड्स् भन्ने प्यापार पनि संन्चालन गरीरहेका छन् ।

सहनशिलता र आत्माबिस्वास राख्ने सरोजले जिवनमा धेरै संङ्घर्ष गरिसकेका छन् । अन्य व्यवसायमा पनि संगलग्नतारहेको सरोज यति बेला भने सिने क्षेत्रमा अघि बढ्ने सोच रहेको उनि बताउछन् । अबको दिनहरुमा कुसल निर्देशक तथा छायंकारको रुपमा अघि बढ्ने उनको सोच रहेको छ ।

उनले भने, भिडियो ईडिटिङ, कल्लर ग्रेडिङ्ग गर्नु परे फोटो ल्याण्ड स्टुडियोले उक्त सेवा प्रदान गर्ने सरोज बताउँछन् ।

उनको स्टुडियोको ‘फोटो ल्याण्ड’ प्रोटोक्सनमा पहिलो म्युजीक भिडियो ‘खास’ ओएस आर डिजीटलमार्फत सार्वजनिक भएको छ । सरोजको सिनेम्याटोग्राफि रहेको उक्त भिडियोलाई पूर्वको रमणिय स्थानहरुमा कैद गरिएको हो ।

सिग्नेचर्स ब्याण्डको सङगीत रहेको उक्त गितमा रितेश निर्भाना को शब्द र स्वर रहेको छ । भने, शन्देश परियारले मिक्सीङ्ग/ मास्टरिङ्ग, संगित रेकर्ड राजिव पाठक र अजय धिमालले गरेका हुन् । भिडियोमा ड्रोन सुजन श्रेष्ठ, छायंकन सहयोगीहरु उमेश धिमाल र करण दंङगाल, दृश्य सम्पादन तथा रंग करन दंगाल ले गरेका हुन् । भिडियोमा श्रद्दा हमाल ठकुरीले फिचरङ गरेकीछिन् । कलाकारलाई रचना सुब्बाले सृङ्गारेकी हुन । भिडियोमा सरोज श्रेष्ठको सिनेम्याटोग्रगफि रहेको छ भने, टेक बयलकोटिले निर्देशन गरेका हुन् ।