कालिकोटमा दलित युवालाई शाहीहरुले ढुङ्गा, दाउराले कुटि भिरबाट फालिदिए (दुखद : घ*टना भिडियो सहित)

कालिकोट साबिक कालिका मुग्राहा गाबिस वडा न.४ हाल सुभकालिका वडा न८का पंख बहादुर बिकलाई साउन २६ गते जातीय विभेद गर्दै शाही युवाहरुले निर्मम कुटपिट गरेका छन् ।

धार्मिक परम्परा अनुसार साउन २६ गते सप्तमी तिथिका दिन सुभकालिका गाँउपालिका वडा न ७ अन्तरगत पर्ने मच्छेवाडी भन्ने ठाउँमा धबलपूरा देबताको पुजा आर्चना साथै मेला समेत लाग्ने भएकोले ५ बर्षको भाइलाई काधमा बोकि उक्त मेलामा जान खोज्दा त्यहिका स्थानीय युवाहरु अर्जुन शाही , कमल शाही युवराज शाही चते सेजुवाल लगाएतका युवाहरुले बाटो छेक्दै ” जातिय गालि गर्दै डाेम कमाराे , सानोजात भएर पनि सान झारेर हिडने ? चस्मा लगाउने ? राजठाट बनेर हिड्ने भन्दै बाटो छेकी जातीय विभेद गर्दै ढुङ्गा र दाउराले कुटपिट गरि भिरबाट खसालिएका थिए ।वरपरका केही ब्यक्तिले देखे पछि पंख बिकलाई उठाएर अस्पताल लगेका थिए । सरु सुनार

हेर्नुहोस बाकी भिडियो मा :