वितरक श्रेष्ठले शुरु गरे निशुल्क स्यानिटाइजर वुथ

काठमाडौं । चलचित्र निर्माता, वितरक, कलाकार तथा जागौ यूवा अभियानका अध्यक्ष करण श्रेष्ठले आम मानिसका लागि निशुल्क स्यानिटाइजर वुथको शुरुवाट गरेका छन् ।

करणले अनमानगरबाट सो कार्यको थालनी गरेका हुन् । बाटो हिड्ने आम मानिसका लागि बाटोमै अटोमेटिक स्यानिटाइजर वुथको व्यवस्था शुरु गरेको हो । हाललाई अनामनगरस्थित पूर्वी गेटमा बाटो हिड्ने आम मानिसका लागि स्यानिटाइजरको वुथ राखिएको छ । जहाँ हात राख्ना साथ स्यानिटाइजर लगाउन पाईन्छ । कोरोना त्रास बढ्दै गर्दा आम मानिसको स्वास्थ्यलाई ख्याल गरेर यस्तो वुथ संचालनमा ल्याएको उनले बताएका छन् ।

केही दिन अघिदेखि जागौं यूवा अभियानले निशुल्क मास्क समेत वितरण गर्दै आएका थिए । त्यस लगतै अटोमेटिक निशुल्क स्यानिटाइजर वुथ संचालनमा ल्याईएको हो । सो वुथको उद्घाटन कलाकार दिपकराज गिरी, अनामनगर प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत, चलचित्र पत्रकार संघका महासचिव समीर बलामी, गुण सिनेमा प्रालिका संचालक महेश प्रसाद किजु र जागौ यूवा अभियानका अध्यक्ष करण श्रेष्ठ लगायतले गरेका थिए । अभियानका अध्यक्ष श्रेष्ठका अनुसार, सो बाटो भएर हिडडुल गर्ने आम मानिसले उक्त वुथबाट हात स्यानिटाइज गर्न सक्नेछ ।

यसले कोभिड–१९ सँगको लडाई सहकार्यमा लड्न सहयोग हुने समेत बताएका छन् । सरकारको अभियानलाई सफल पार्न पनि आम मानिस र सामाजिक अगुवाई गर्ने व्यक्तिहरुले यस्तो खालको कार्यक्रमहरु संचालन गर्नुपर्ने करणले बताए । सबै मानिसले स्यानिटाईजर बोकेर हिडेँको पनि नहुन सक्छ । कतिपयले सधै किनेर लगाउन पनि सक्दैन । त्यसैले यस्तो अभियानलाई सबै ठाउँमा तिब्रता दिए सिंगो समाज नै स्यानिटाइज हुने उनले बताए ।