दोहोरीको सस्था बसपार्क समितिको समाजसेवामा समाजसेवी धन थापाको सहयोग

काठमाडौँ ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय बसपार्क समितिको पहलकदमी मा समाजसेवी धन थापा (हाल जापान) को सहयोगमा ३० जना अपांग कलाकार हरुलाई नगद सहयोग को कार्यक्रम भाद्र १ गते सुनोगाभा नेपाल रेडन कलेजमा विहान ११ बजेहुने भएको छ।

कोरोनाको महामारीमा सामान्य मानिसलाई पनि जीवन यापन गर्न धौ परेको अबस्थामा अपांग कलाकार हरुको लागि गरिएको यो सहयोग केही पृथक र प्रभावकारी हुने आशा बसपार्क समितिका अध्यक्ष अञ्चल शाहीले गर्नु भएको छ । समाजसेवी धन थापा सङ्ग समन्वय गर्ने बसपार्क समितीका संयोजक प्रकाश रसाइली “ भावुक “ का अनुसार यो कार्यक्रम केही बिशेष हुने बताइएको छ ।

निवर्तमान अध्यक्ष रमेशबाबू थापाको सल्लाह अनुसार कार्यक्रमको खाका तयार भएको छ भने सस्थापक अध्यक्ष अर्जुन थापाको साथ सहयोग र सल्लाह आफुहरु सङ्ग सधैं रहने अध्यक्ष अञ्चल शाहीले बताउनुभयो ।

त्यसैगरी बसपार्क समितीले गर्दै आएको मौलिक तिज गित प्रतियोगितालाई मध्यनजर गर्दै बर्तमान परिस्थितिमा बसपार्क समितिका महिला दिदी बहिनीलाई दर खुवाएर सार्थक पारीने कुरा अध्यक्ष ज्यु ले बताउनु भएको छ! सस्थामा हुने यस्ता सामाजिक कार्यले सस्थामा आबद्ध हुनुको महत्व दर्शाउने कुरामा दुविधा नभएको सदस्य स्मृति मगरले बताउनु भएको छ ।