कहिले आइपुग्ला नेपालमा कोरोना भ्याक्सिन ? (भिडियो)

काठमाडौं । रुसले कोरोना भाइरसको भ्याक्सिन विकास गरी अक्टोबर महिनामा सर्वसाधारणमा प्रयोगमा ल्याउने जनाइसकेको छ । उसले विभिन्न देशहरुमा भ्याक्सिनको माग भइसकेको जनाएको छ । अमेरिकाले र युरोपमा पनि भ्याक्सिनको विकास हुँदैछ । सम्भवत सन् २०२१ को शुरुमा भ्याक्सिन विकास गरी प्रयोगमा ल्याइनेछ । चीनले सैनिक र स्वास्थ्यकर्मीमा कोरोना भ्याक्सिनको प्रयोग शुरु गरिसकेको छ ।

सँसारका शक्तिशाली र धनी देशहरुले कोरोना भाइरसको भ्याक्सिन विकास गरी प्रयोगको समेत तयारी गरेका छन् । तर, आर्थिक रुपमा विपन्न देशहरुले भ्याक्सिन कहिले प्रयोग गर्न पाउलान् ? यो गम्भीर प्रश्न बनेको छ । नेपालमा भ्याक्सिन कहिले आइपुग्ला ? यसलाई केलाउँदा भ्याक्सिन कति प्रकारका उत्पादन हुन्छन ? कुन कुन देशले उत्पादन गर्छन् ? कति मात्रामा उत्पादन गर्छन् ? मुल्य कति पर्छ ? माग र आपूर्तिको अवस्था कस्तो हुन्छ ? उत्पादन गरिएका भ्याक्सिनको प्रभावकारिता, सुरक्षा र विश्वसनीयता के हुन्छ ? विश्व स्वास्थ्य संगठनले सबैमा पहुँच पुर्याउने कस्तो भुमिका खेल्छ ? भन्ने यथार्थलाई केलाउनुपर्ने हुन्छ ।

धनी देशहरु अहिले नै भ्याक्सिन प्रयोग गरेर ढुक्कसाथ आर्थिक तथा सामाजिक गतिविधिमा सक्रिय हुने तयारीमा पुगिसकेका छन् । कोरोना भाइरसले समस्यामा पारेको नेपाल जस्तो देशहरुमा यस्तो तयारी देखिदैन । यसले कम्तिमा एक वर्ष आर्थिक गतिविधिमै समस्या पारिरहने खतरा बढेको छ ।

भिडियो: