पहिलो अन्तरबार्ता टिकटकमा लोकप्रिय दिदिभाईको, दिदिले खोलिन प्रबिनका गोप्य कुरा, प्रबिनले दिदिलाई यस्तो भन्दा लाजले भुतुक्कै (हेर्नुहोस भिडियो)

झापा, समिर सुबेदी । पछिल्लो समय सामाजिक संजालको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । नेपालमा फेसबुक युटुब लगायत विभिन्न सामाजिक संजालका प्रयोगकर्ता बढेका छन । पछिल्लो छोटो समयमा निकै रुचाइएको टिकटक नेपालमा मात्र नभएर विभिन्न देशहरुमा ह्वात्तै प्रयोगकर्ता बढेका छन । टिकटकबाट सकारात्मक साथै नकारात्मक दुबै किसिमका कुराहरु नेपाली प्रयोगकर्ताहरुले गरेका छन । एकातर्फ केही समाजमा बिकृती फैलाउने मानिस रातारात भाइरल भए कतिलाई अन्य नेपालीहरुले भेटेर सम्झाएर तह लगाए भने अर्कातर्फ टिकटकले निकै राम्रा कलाकारहरु लाई जन्म दिएको छ । छोटो भिडियोमा आफुले अभिनय गरेर दुनियको मन जितेर म्युजिक भिडियो लगायत चलचित्रमा समेत धेरैले काम गरिसकेका छन भने कतिपय उदाउदै गरेका नयाँ कलाकार निखारिदै जाँदै छन ।

यसैगरी टिकटकबाट रातारात चर्चामा आएका पथरी शनिश्चरे मोरङका प्रबिन कोइराला र मन्नु खड्का टिकटकमा धेरैका लागी प्रेरणा र उदाहरणिय छन । फिल्मी शैलीमा र कमेडिमा निकै कुशल अभिनय गर्ने उनिहरुको अभिनय देखेर अहिले सबै चकित बनेका छन । आज सुपर अनलाइन टिभिका संचारकर्मी तथा कलाकार समीर सुबेदिले पहिलोपटक टिकटकले लोकप्रिय बनाएको दिदिभाईलाई उनिहरुसंग घर परिवारदेखि उनिहरुको टिकट्कको सुरुवाती दिनहरुको मेहनत साथै सम्पुर्ण कुराहरु सुपर अनलाइन टिभीमा राखिएको छ जसलाई तलको भिडियोमा देख्न सक्नुहुनेछ । एक पछि अर्का नयाँ कलाकारको आगमन भइरहेका बेला यो दिदिभाईको टिकट्कले सबैलाई मोहित बनाएको छ । दिदिभाइ सङ्गको कुराकानीमा दिदिले प्रबिनको गोप्य कुराहरु यसरी खोलिन कि प्रबिन लाजले भुतुक्कै भए । फेरि प्रबिनले दिदी मनुलाई यस्तो भनेपछी मनुको हासो थामीएन । सारै रमाइलो टिकाटकका दिदिभाइ सङ्गको कुराकानी तलको भिडियोमा हेर्नुहोला हासेर हुरुक्कै हुनुहुनेछ ।