हास्य सिरियल ‘तितो पिरो’ले ५२ भाग पुरा

हास्य सिरियल ‘तितो पिरो’ले ५२ भाग पुरा गरेको छ । गत बर्षबाट सुरुवात भएको यस सिरियलले कोरोना महामारीकाबीच पनि पनि आफ्नो प्रसारणलाई निरन्तरता दिदैँ ५२ भाग पुरा गरेको हो ।

रमाइलो टेलिभिजनबाट हरेक आइतबार बेलुका ८ बजेदेखि प्रसारण हुदैँ आएको छ । दर्शकको मन जित्दै ५२ भाग पुगेको सिरियललाई अझ राम्रो बनाउने यसका निर्माता अनिश खतिवडाले बताए । उनले भने, ‘हामीले सुख दुख गर्दै सिरियलाई ५२ भाग पुर्याएका छौँ । ५३ भागबाट सिरियललाई समसायिक हिसावले दर्शक माझ पस्कने छौँ र आगामी दिनमा तितो पिरोलाई दर्शकले अझ मन पराइदिनु हुनेछ । ’

यस सियिलमा रामचन्द्र अधिकारी, कुमार गजुरेल, डोल्मा, भोला अधिकारी, कसिस दाहाल,राजेन्द्र गिरी (गुन्द्रुके), धर्म भण्डारी, समिर राई, आइसा राई, दावा शेर्पा , श्रीदेव आचार्य , गंगा थापा,सीता रिजाल साथै बाल कलाकार कुशलमणी गजुरेल ,कृषा गजुरेलको अभिनय रहेको छ ।

कलाकार कुमार गजुरेलले भने , ‘सिरियलमा आफुले मधेसीको क्यारेक्टरमा अभिनय गरिहरेको छु । यस सिरियलमा फरक भुमिकामा देखिन पाउँदा आफुलाई निकै खुसी लागेको छ । यस सिरियलमा हिमाल पहाड तराई कोइ छैन पराई भन्ने सन्देश दिन खोजिएको छ । त्यसकारण यस सिरियलमा आफुले अभिनय गर्दा रमाइलोका साथै एकदमै उत्साहित भएको छु । ’

सिरियललाई पत्रकार तथा कलाकार भोला अधिकारी र अनिश खतिवडाले निर्देशन गर्दै आएका छन् । निर्देशक भोला अधिकारीले लकडाउन तथा कोरोना महामारीकाबीच सावधानिका साथ सिरियलको छायाँङ्कन गर्दै आएको बताए । सिरियलको स्कृप्टलाई धर्म भण्डारीले लेखेका छन् भने खिँच्ने काम समिर राईले नै गरेका छन् । यस सिरियलको सम्पादन अनिश कै रहेको छ ।