डेढ लाख भत्ता दिने सरकारी निर्णय कोरोना भाइरस संक्रमितलाई !

विश्वव्यापी बनेको कोरोना भाइरस महामारीका कारण दुनियाँका हरेक देशको अर्थतन्त्र डामाडोल बनिरहेको छ । यद्यपि विभिन्न मुलुकहरुले आफ्ना जनताको राहतका लागि केही न केही त गरिरहेकै छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित एक सानो सहरले कोरोना भाइरसबाट संक्रमित हुने आफ्ना बासिन्दाहरुका लागि कोरोना भत्ता दिने निर्णय गरेको छ ।

क्यालिफोर्नियाको अलामेडा काउन्टीले आफ्नो क्षेत्रमा कुनै पनि मानिस कोरोना भाइरस संक्रमित भएमा १२५० अमेरिकी डलर भत्ता दिने घोषणा गरेको हो ।