६ महिने बालकको ज्यान बचाउन सहयोग लिएर पुगे ! ज्यानै मार्ने धम्की आउँदा नि शिशिर भण्डारीले सहयोग गर्न छोडेनन् ।(भिडियो हेर्नुस)

पछिल्लो समय एक सहयोग अभियानका कारण बिवादमा आएका सामाजिकअभियन्ता तथा कलाकार शिशिर भण्डारी फेरी काममा फर्केका छन् । शिशिरले अर्को पिडितलई सहयोग जुटाएर बुझाएका छन् । यससँगै उनले फेसबुकमा लेखेका छन् ।

‘आफ्नो कलेजो चिरेर ६ महिने छोरालाई दिदै महान बुवा बनेका महेश अवस्थीलाई देश तथा बिदेशबाट सहयोगीहरुले पठाउनु भएको ४१ हजार ५ सय सहयोग बुझाएका छौं । बाबु अहिले ९ महिनाको पुगेका छन्, उनको उपचार भारतको चेन्नईमा हुँदैछ, स्वास्थ्यमा सुधार पनि आउँदैछ, बुवा महेशले बताए । तर कोरोनाको महामारीले गर्दा छोरा र श्रीमतीलाई नेपाल ल्याउन नसक्दा उनी दुखी छन् । हस्पिटलमा अझै २० लाख माथि बुझाउनु रहेको र थप उपचार पनि चलिरहेका कारण उनी सहयोगको अपिल गर्दै हामी कहाँ आई पुगे ।

सबैले सकेको सहयोग गरौं । भिडियो हेर्नुस