अमेरिकामा नेपाली युवाहरुले किकस्टार्टरमा निकाले अद्वितीय रंगमंच खेल युब्बल बुर्जा

विजय थापा,डिसी । अमेरिका उच्च अध्ययन गर्न आएका नेपाली बिधार्थी तथा युवाहरुले किकस्टार्टर(अमेरिकी सार्वजनिक लाभ निगम )मा अद्वितीय अन्तर्क्रियात्मक रंगमंच खेल युब्बल बुर्जा निकालेका छन । उनीहरुले विदेशमा नेपाली संस्कृति नबिर्सिउन र अन्य समुदायलाई पनि यसको बारेमा जानकारी गराउने उद्धेश्यले गत जुलाई २८ का दिन देखि प्रारम्भ भएको घोषणा गरेका छन ।

युब्बल बुर्जा एक अनौठो,रमाईलो,र रणनीतिक थ्री इन वान (तीनमा एक )खेल हो । युब्बल अमेरिकाको भर्जिनियामा सन् २०१८ मा दर्ता भएको एक स्टार्टअप प्रतिष्ठान हो ।

यसले विभिन्न अन्तर्राष्ट्रियहरु समुदायहरुलाई जोड्ने ,नेपाली समुदाय भित्रका मानिसहरुलाई उनीहरु भित्र निहित प्रतिभा,उनीहरुका सेवाहरु तथा व्यवसाय प्रदर्शन गर्न एक मंचको रुपमा काम गर्दछ ।

युब्बलको अवधारणा एक सशक्त मंच (प्लेटफर्म)को अभावको कारणले गर्दा यसको जन्म भएको हो । अमेरिका र क्यानाडामा रहेका नेपाली आप्रवासीहरूले आफ्नो मूल र संस्कृतिसँग जोडिएका व्यक्ति,व्यवसाय र उनीहरूद्वारा संचालित उत्पादनहरू खोज गर्न निरन्तर रुपमा जोडिन प्रबल इच्छा गरिरहेको अवस्थाको युब्बल निर्माण गर्न युवाहरुले महसुस गरे पछि युब्बल आएको हो ।

युब्बल बुर्झा परियोजना गत फेब्रुअरी २०२० को शुरुमा प्रारम्भ भएको हो । किकस्टार्टरमा गत जुलाई २८ ,२०२० देखि गतिशील भएको हो । र ,यो पहिलो सार्वजनिक उत्पादन(प्रोडक्ट )हो।

युब्बल बुर्जा एक रमाईलो ३-इन -१ अन्तर्क्रियात्मक रंगमंच खेल हो जुन मस्तिष्कमा बहुमुखी प्रतिभाको साथ तीन फरक-फरक तरीकाले रूपरेखा (डिजाइन) निर्माण गरिएको हो । जसमा पार्टी मोड, क्वाइट मोड,र ट्रेडिसनल (भोज,शान्त तथा परम्परा रूप)लंगुर बुर्जा मोड रहेका छन ।

यो खेल ७ बर्ष मुनिका बालबालिका बाहेक सबै मानिस जसलाई रमाइलोपन मन पर्छ उहाहरुको लागि तयार गरिएको छ । आफ्ना परिवार,साथीभाई,भर्खर चिनजान भएका सबैका लागि तयार गरिएको छ । उत्पादन प्रक्रिया चाँडै प्राप्त गर्ने अपेक्षा गरिरहेको यस परियोजनाका अधिकारीहरुले बताएका छन् ।

यो खेल ती परियोजनाहरू मध्ये एक हो जुन सीमित संस्करणको रूपमा योजना गरिएको छ ।

किकस्टार्टर अभियानको माध्यमबाट आर्जन गरिएको राजस्वबाट यसलाई अन्तर्राष्ट्रिय समुदायहरू उत्तर अमेरिका र विदेशमा सम्बन्ध जोड्नको लागि एक नेटवर्किङ्ग र मार्केटिंग ( संजाल तथा बजारीकरण )एप्स (अनुप्रयोग)शुभारम्भ गर्ने योजनामा रहेको संचालकहरुले बताएका छन् ।

हाललाई यो परीक्षण अवधिमा रहेको छ ।

बिस्तृत जान्नको लागि यहाँ थिच्नु होला :