संझनामा श्रीकृष्ण श्रेष्ठ

नेपाली चलचित्र क्षेत्रका मिलनसार, सफल नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको आज ६ बर्ष भएको छ । वि.सं २०७१ साल साउन २५ गते बिहान उनको निधन भएको थियो । बिहे भएको केही हप्तामै स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि श्रीकृष्ण नायिका स्वेता खड्काको साथमा दिल्ली पुगेका थिए ।

दिल्लीमा केही हप्ता उपचार पछि उनले प्राण त्यागेका थिए । श्रीकृष्णको निधन भएको समयमा उनी अभिनित चलचित्र ‘कोहिनुर’ हलमा चलिरहेको थियो ।

श्रीकृष्णले आफूले निर्माण गरेको चलचित्रको सफलता हेर्न पाएनन् । यो चलचित्रले बक्स अफिसमा नयाँ रेकर्डसहितको व्यापार गरेको थियो । श्रीकृष्णले बनाएको चलचित्र ‘कहाँ भेटिएला’ बक्स अफिसमा सुपरहिट भएको थियो ।