प्रकाश सुबेदी विरुद्द उजूरी दिदै यस्तो भनिन पूजाले “ह्यारेसमेन्ट गर्नका लागि बलात्कार नै गर्नुपर्छ भन्ने छैन ” हेर्नुहोस भिडियो

नायिका पूजा शर्माले चलचित्र कलाकार संघमा संचारकर्मी प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । निर्देशक सुदर्शन थापासँगै कलाकार संघ पुगेकी पूजा उजुरी दिदै गर्दा भावूक भएकी थिइन् ।

पूजाले भनिन्–‘३ महिना भैसकेको थियो । अघिल्लो ट्रोललाई मैले सहिरहेको थिएँ । फेरि मलाई अन्तरवार्ताका लागि बोलाउनुभयो, मैले आउँदिन भने । मान्छेलाई कहिलेपनि ह्यारेसमेन्ट गर्नका लागि बलात्कार नै गर्नुपर्छ भन्ने छैन ।

उहाँले मलाई हरेक हप्ता गिराएर बोलिरहनुभएको छ । पछिल्लो भाग हेरेपछि मलाई नराम्रो लाग्यो, उहाँले मलाई भनेको शब्दले मलाई निकै भावूक बनायो । यसपछि, मैले अब लड्छु भन्ने निर्णय गरेँ ।’

नायिका पुजा शर्मा को आज को फेसबुक स्टाटस :
Ap1 टिभिको रजतपट कार्यक्रम मा भएको कलाकार प्रतिको अपमानजनक टिप्पणी बिरूद्द हिजो हामिले कलाकार संघ, निर्माता संघ , Ap1 लगायत बिभिन्न महत्वपूर्ण ठॉउमा उजूरी दियौ, लगत्तै हिजो बेलुका सम्बन्धीत कार्यक्रम प्रस्तोताले क्षमा माग्ने भिडियो पनि आयो , त्यो सुनेर हामि झन आश्चर्यमा पर्यौ !तय्स्तो गम्भिर बिषयमा उहॉले “ दारे “ शब्द चिप्लिएर प्रयोग गरिएको मा माफि पाऊ भन्नु भो , जबकि “ दारे महानायिका “ शब्द चिप्लिएको होइन … २ दिनकि चॉदनि फिर अन्धेरी रात, तिमिहरूको के हैसियत छ ? भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनु पर्ने दिन आउछ , मैले एक से एक अभिनेत्री को अन्तर्वार्ता लिएको छू ,तं आउदिन भन्ने तेरो के हैसियत के छ ? .. यो आशय स्पष्ट झल्किने त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ?

एउटा शब्द “ दारे महानायिका “ मात्रै भए लौ चिप्लियो होला भनेर मान्न सकियो तर उहॉले अन्तर्वार्ता मा नआएको रिस त्यति लामो शब्दमा आक्रोस सहित पोख्नु भएको छ , “घरमा हामि सधै यस्तै बोलथ्यौ , परिवार सम्झेर कार्यक्रममा पनि बोले रे “
राष्ट्रीय टेलिभिजन च्यानलमा बोलेको त्य्सतो बिषयमा पनि यस्तो हलुका टिप्पणी सहित मागिएको माफिले हामिलाइ अचम्भित तुल्यायो !

अत यो गम्भिर बिषयलाइ कार्यक्रम प्रस्तोताले जुन ढंगले घमन्ड र दम्ब सहित राष्ट्रीय टेलिभिजन मा प्रस्तुत गर्नु भएको छ यो सम्पूर्ण कलाकारको अपमान हो , भबिष्यमा यस्ता घटनाहरू पुन दोहोरिन सक्छ अत :हामिले न्यायको लागि चलचित्र संग सम्बन्धित सरोकारवाला संघ गुहारेका छौ साथै उक्त कार्यक्रम प्रसारण गर्ने टेलिभिजन मा पनि गएको छौ यो बिषयलाइ निज प्रस्तोताले लिए जस्तै हल्का रूपमा नलिइ गम्भिर भएर ,भबिष्यमा समेत नजीर बस्ने गरि न्याय प्राप्त गर्ने आशा सहित लागि रहने छौ यो साथ र सहयोग को लागि सम्पूर्ण चलचित्रकर्मी , न्यायप्रेमी पत्रकार साथिहरू , शुभचिन्तक मित्रहरू सबैलाइ धन्यवाद!!!