ब्यङग्य कविता : तिज जात्रा

लुतो फाल्न पाएको छैन तीज पो शुरु भयो!
हेरेनन् कि क्यालेन्डर कि चाड नै अगि गयो!

जन्माष्टमी आए सँगै तीज पो लाउथ्यो पहिले!
एति चाडै आउन थाल्यो के भएर अहिले!

जन्मे की खै अर्का कृष्ण असारैमा फेरि?
मनायौ कि तीजलाई फेरि त्यहि तिथीलाइ हेरी?

टोल छिमेकमा पार्टी चले गीत नि गाइसके
फेसबुक र मिडियामा तिनै छाइ सके

असारे गीत सुन्ने याममा सुन्छु तीजका गीत!
उल्टीयो कि कोल्टो पर्यो चाडबाडको रीत?

बिराला र पिराला रे गीत नि कस्ता कस्ता!
क्यारी होला सुन्नी हेर्नि परिवारमा बस्दा!

तिजका गितमा पहिला हुन्थे मात्र नारी ब्यथा
अहिले अाए गहना र फरियाका कथा !

फरिया नि कस्ताे हाे त्याे सबै दङ्ग पर्नि
झन माथि तान्न खाेज्याे झनै तल झर्नि!

उमेर हदको सिमा तोक तीजका गीतमा पनि
बयश्कले मात्र हेर्नु तीजको यो गीत भनि!

रत्याैली र दाेहाेरी गित भए तिजका गित
बिर्सिए त्याे रिती स्थिती फेर्दीए त्याे रीत!

महिला मात्र जम्मा भै नाँच गान गर्थे पहिले
लूठाे न भा तिजका गित चाँहि अाउन छाेडे अहिले!

बहुरुपी बहुरङ्गी अा छन् लूठा बनि
तिजका गितमा बिच- बिचमा नाच्नु पर्छ भनि

नर हुन कि नारी हुन ति चिन्नु पनि क्यारी?
मुहार भरि दार्हि जुङ्गा हरमा ला छन् सारी!

सँस्कृति कि बिकृति हो चिन्न गार्हाे आज
पहिरन पनि उस्तै अझै छैन शर्म लाज

काँहा गए तने चोली कठै आज भोलि
अाैतारी त्याे टालो लाछन् पिठ्यु पुरै खोलि

त्यत्रो छाती ढाक्न कठै चार अंगुलको टालो
बाक्लो हो र त्यहि नि अझ माकुराको जालो!

तीजका पार्टी कति कति खाने चिज नि अति
माशु माथि मदिरा छ पिउन सके जति

तीजको दरमा आज कठै आयो माशु जाँड!
तीज हो कि हो यो कतै गहनाको चाड?

खुवाउन भनि जानै पर्ने चेलीबेटी लिन
आज आयो अर्को घाँडो तिन्लाइ पुर्याइ दिन!

मदिरामा लट्ठीएका लड्लान कतै भनि
घरै लगी बुझाउ तिन्लाइ अर्को जिम्मा पनि

गहनाको प्रदर्शनी धाकको प्रतिश्पर्धा
आफ्नै ज्यानलाइ जोखिम परि चोरलाई निम्ता गर्दा

काँहा जाँदो हो बुद्धी बिबेक पढेकै को पनि
तीज लाएसि मेसै पाउन्नन के ले अन्धो बनि?

के आनन्द दिन्छ त्यसले के नै राम्रो पार्छ
लुटेराले लुट्न त्यहि ज्यानै पनि मार्छ

सजिला नि हुन् र अझ गहना नि कस्ता
तीखा चुच्चा उम्रिएका बनका काँडा जस्ता

न त दिन्छ शितल कतै न त हर्छ जाडाे ?
बिना सित्तै हत्य गरि भिर्छन् त्यस्ताे घाँडाे!

पिठ्यु ढोक्ने टालो छैन छड्के पोते क्यार्नि?
घुडा सम्मै लत्रिएको क्यारी होला स्यार्नी!

कुन मन्तरको जन्तर हो त्यो लायौ तिम्ले अनि
त्यो लाएसी छुट पाइन्छ कि जे गरेनी भनि?

झुम्का पनि अचम्मैका रामलीलाका अरे
तिम्रो लिला देखेर कि राम नि दङ्ग परे ?

तिम्रा धनकाे तिम्राे मर्जी जे जे घिच गर
बिन्ति छ है नभन्देउ है यसलाइ तिजकाे दर?

अर्जुन राज पन्त ,बाग्लुङ मुलपानी हाल टेक्सास अमेरिका ,(कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङ्गयकाब्य काेइलीका समेत लेखक हुन)