सुकुम्बासी बस्तीमा हात्तीले लियो ज्यान परिवारको भयो बिजोक,बत्ति काटियो,डोजर चल्यो,घर भत्काइयो,यो हेर्दा कस्को मन रुदैन होला!(हेर्नुहोस भिडियो)

समीर सुबेदी झापा,
झापाको कमल गाउँपालीकाको सुकुम्बासी बस्तीमा हात्ती आक्रमणबाट एकजनाको ज्यान गएको छ । बालबच्चा र परिवारको सोच्नै नसकीने अवस्था भएको छ । त्यहा पुग्ने जो कोहिको मन रुनेछ ।

स्थानीयका अनुसार द्वन्द्वकालमा माओवादीको जनआन्दोलनका क्रममा प्रहरी र माओवादीको भिडन्तमा ढाल बनाएर ससस्त्र क्याम्प छेउमा राखिएको बस्ती अहिले आएर हटाउन दिनरात सरकार नै लागि परेको छ । धेरै घरधुरीमा रहेका सुकुम्बासी नेपाली नागरिकको बिचल्ली नै भएको छ । पटक पटक डोजरले घर भत्काएर सबैलाई त्रासमा बाच्न बाध्य भएको बताए । त्यहाँका सुकुम्बासी नागरिकका अनुसार पटक पटक कुटपिट पशु चौपाया काटिदिने फलफुल सागपात उखेल्ने खाटिदिने लगायत त्यहा सरकार द्वारा पाइने सम्पुर्ण सेवा सुबिधामा कटौती गरिएको रुदै रुदै सुनाए ।

हात्तीले एकजनाको ज्यान लिएपछि परिवार र मसिना बालबच्चाको बिजोक भएको सुनाउदै त्यहाका वडा अध्यक्ष निरौलाले नै गर्दा यतिधेरै दुख पाएको र आज ज्यान दिन बाध्य हुनुपरेको रुदै सुनाए । बिजुली बत्तिको तार नै निकालीदिएपछी अन्धकारमा बाच्न बाध्य बनेका उनिहरु कमल गाउँपालिकाका प्रतिपक्ष पार्टिका हुकुमसिह राईले दिएको राहत अर्थात त्रिपालको भरमा जीवन यापन गर्न कठिन त छदैछ त्यसमाथि हात्तीको आक्रमणबाट आज एकजनाले ज्यानै गुमाउनु परेको छ । ज्यान गुमाउनेका परिवार तथा अन्य गाउलेले रुदै रुदै यस्तोसम्म सुनाए कि जुन हेर्दा तपाईंको आँसु आउनेछ तलको भिडियोमा हेर्नुहोला ।