“यदि जिबनमा तिमिले गल्ती नै गरेको छैन भने तिमी सफल बन्नै सक्दैनौं” : सरु सुनार

महिला अधिकारकर्मी बिशेष गरेर दलित महिला बर्गको लागी खटेर काम गरि रहेकी सरु सुनार ले फेसबुक सामाजिक संजालमा लेख्नु हुन्छ :

जो हिजो न त सहयोग गरे न त साथ थिए न त समर्थन नै गर्थे मात्र उनिहरु एउटा सानो गल्तीको पर्खाइमा थिए र आज उनिहरु नै सकृय भएर तथानाम लेख्न , फोटो गलत प्रयोग गर्न र सामाजिक संजाल रंगाउन लागि परेका छन् ।

हो मान्छेबाट बोल्ने क्रममा विषयबस्तु र परिस्थितिबस आबेग , आक्रोश आउँछ र गल्ती बोलिन्छ र त्यहाबाट सिक्ने कुरा पनि हो ।
आज एउटा बिद्दानले भनेको वाणी याद आयो

“यदि जिबनमा तिमिले गल्ती नै गरेको छैन भने तिमी सफल बन्नै सक्दैनौं”

” तिमी जिबनमा कति सफल भयौ भन्दा पनि तिमी जीवनमा कति पटक चिप्लिएर लडयौ , तिम्रो सफलताको पछाडि तिमी आफू पछारिनु हो “

” तिमी जतिसुकै राम्रो काम गर यो समाज तिम्रो एउटा गल्तीको पर्खाइमा हुन्छ “।

५ दिन देखि देश बिदेशबाट यति धेरै दिदिबहिनी , दाजुभाइले हौसला दिनु भयो नआतिनु हामी छौं भनी मलाई पनि थाहा थिएन हजारौं दाजुभाइ दिदिबहिनी म संग हुनुहुदोरहेछ ।
वहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।

साथै धेरैलाई चिन्ने मौका पाए आजसम्म पाएकी थिइन। यहि हो मौका भनी कुर्नेहरुलाइ पनि धन्यवाद दिन चाहन्छु ।तपाईंहरु नै हो मेरो लागि असल र सहि बाटोमा चिप्लिनबाट रोक्ने तपाईंहरुको खबरदारी र अपमान , तुत्क्ष शब्द यी सबैले पनि मलाई अझै संयमित हुने मौका दिएको छ ।

धेरै धन्यवाद । यो विचमा धेरै फोन र sms आएका छन् जुन म रिसिभ र रिप्लाई गर्न सकेको छैन धेरै बिदेशबाट फोन मै धम्की देखि अस्लिल sms हरुको कारण फोन सिमित समय मात्र खोलेकी छु ।

यहाँहरुको मायाको लागि आभारी छु । साथै आगामी दिनमा धेरै कुरा बुझेर अगाडि बढने मलाई आफैं पनि ठुलो शिक्षाको रूपमा लिएकी छु ।

सरु सुनार