कोरोना संक्रमणको १ उत्तर – डा. रवीन्द्र पाण्डे

१. कोभिड हुने एउटा एजेन्ट – नोबेल कोरोना भाइरस | २. एउटा लक्षण – स्वाद / गन्ध थाहा नपाउनु | ३. एउटा परीक्षण – आर टि पिसिआर | ४. एउटा बच्ने तरिका – मास्क

५. एउटा उपचार – आत्मबल | ६. अस्पतालमा प्रभावकारी एउटा उपचार – अक्सिजन | ७. मास्कले बचाउनु पर्ने एउटा अंग – नाक | ८. कोरोना संक्रमणबाट नेपाललाई बचाउने एउटा उपाय – सिमाना बन्

९. संक्रमण नियन्त्रण गर्ने एउटा उपाय – कन्ट्याक्ट ट्रेसिंग | १०. कोरोना संक्रमणको एउटा समाधान – खोप | ११. रोग फैलिने एउटा कारण – भीडभाड | १२. संक्रमणको एउटा जोखिम बर्ग – अनियन्त्रित दीर्घबिरामी

१३. हावाबाट कोरोना सर्ने एउटा ठाउँ – भेन्टिलेसन नभएको हल | १४. इम्युनिटी पावर बढाउने एउटा उपाय – सकारात्मक सोंच | १५. कोरोना संक्रमणमा चिन्ता बढाउने एउटा कारण – भ्रम

१६. संक्रमण निको भएका व्यक्तिको एउटा समस्या – मनोबैज्ञानिक | १७. कोरोना धेरै सार्ने एउटा अवस्था – लक्षणपूर्व | १८. छिटो कोभिड पत्ता लगाउने एउटा उपकरण – एन्टिजेन किट | १९. कोभिडले छिटो असर गर्ने एउटा अंग – फोक्सो

२०. कोभिड बिरामीमा एउटा खतरा अवस्था – अचानक अक्सिजन घट्नु | २१. कोरोना कालको एउटा महापाप – भ्रष्ट्राचार | २२. कोरोना नियन्त्रण गर्ने एउटा अचुक अस्त्र – जनचेतना

२३. कोरोना नसर्ने एउटा उपाय – घरभित्र बस्ने | २४. कोभिड उपचारको सस्तो र प्रभाबकारी उपचार – प्लाज्मा थेरापी | २५. हालसम्मको एउटा प्रभाबकारी औषधि – रेमडेसेभिर