अनलाइन बक्तित्वकला प्रतियोगितामा लेटाङकी गरिमा अधिकारी बिजयी

पथरी / पथरी शनिस्चरेबाट संचालित गरीमा अनलाइन टेलिभिजनले सिल्भर इन्टरटेनमेन्टको सहकार्यमा आयोजना गरेको ” अनलाइन बक्तृत्वकला प्रतियोगिता २०२० ” मा १४ जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै लेटाङ नगरपालिका ,मोरङकी गरिमा अधिकारी प्रथम हुन सफल भएकी छिन् ।

” जातीय विभेद र नेपाली समाज ” शिर्षकमा आफ्नो कुराहरु भिडियो रेकर्ड गरि पठाउनु पर्ने उक्त प्रतियोगितामा युट्युब भ्युअर्ससंगै निर्णायकहरुको पनि उत्तिकै मन जित्नुपर्ने प्रावधान रहेको थियो ।
करिब २ महिनाको अवधिमा मोरंग ,ताप्लेजुंग ,झापा ,सुनसरी ,खोटांग ,रामेछाप र बझाङ्गका १५ जना प्रतियोगीहरुले सहभागिता जनाएकोमा लेटाङकी गरिमा अधिकारीले प्रथम स्थान हासिल गर्दै नगद रु १५,००० र प्रमाणपत्र प्राप्त गरिन भने दोस्रो स्थान प्राप्त गर्दै ताप्लेजुङकी एलिना दियालीले रु १० हजार र प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै स्पस्ट वक्ताको उपाधी संगै नगद रु ५ हजार र प्रमाणपत्र रामेछापकी पवित्रा खड्काले , प्रखर वक्ताको उपाधी संगै नगद रु ५ हजारर प्रमाणपत्र मोरङ पथरीशनिश्चरेकी सुप्रियाा खड्काले र बेस्ट पब्लिक स्पिकरको उपाधी संगै रु ५ हजार र प्रमाणपत्र बिराटनगरको अस्टिन कार्कीले प्राप्त गरे ।

यस कार्यक्रमको निर्णायक मण्डलीमा वरिष्ठ अधिबक्ता डा देउमान सम्बाहाम्फे , नेपाल जेसीज बर्ष २०२० का राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर , पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल , मिस कस्मोपोलिटियन वर्ल्ड २०१९ प्रिया रानी लामा र मोटिभेसनल स्पिकर सुरेश राई रहेका थिए ।

कोरोना सन्क्रमण न्युनिकरण गर्न घरमा नै बसेका युवा बर्गहरुले खाली समयलाई बौद्धिक कार्यमा सदुपयोग गर्ने उत्प्रेरणा मिलोस भन्ने उदेश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको र भविष्यमा पनि यस्तै किसिमको अन्य कार्यक्रमहरु गर्दै जाने आयोजक गरिमा अनलाईनका प्रबन्ध निर्देशक सुमन कुरुम्बाङ्गले बताउनुभयो ।

कोरोना सन्क्रमणको बर्तमान अवस्थालाई मध्यानअजर गर्दै अनलाइन लाइभ द्वारा नै नतिजा सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो ।
बिजेताको लिंक