तिज गीत ‘बम बम भोले’ लिएर आए किरण र बबिना (भिडियोसहित)

काठमाडौं : गायक किरण भुजेलले फरक शैलीको तीज गीत ‘बम बम भोले’ को भिडियो सार्वजनिक भएको छ । विकास सिवाकोटीको शब्द रचना, शेरा थामीको संगीत र पावल चाम्लिङ राइको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा किरण भुजेल र बबिना किराँतीको स्वर रहेको छ ।

मौसम हिमालीको निर्देशनमा तयार भएको फरक शैलीको उक्त तिज गीतको भिडियोमा किरण र बबिना संगै निक्स शर्मा र बिदिशा कार्की फिचरिङ्ग छन । भिडियोमा अनिल के. मानन्धरको छायांकन र प्रविन भट्टको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस् :