मौलिक तीज गीत “माइती गाउँ…..” (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । निकै बर्ष यता नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल गायिका शान्ति रिजाल फेरी आफ्नो नयाँ सांगीतिक कोसेलीको साथमा बजारमा आएकी छिन् । उनि यस पटक भने नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ साल लक्षित गीतको साथमा बजारमा आएकी हुन् । त्यसो त शान्तिको हरेक बर्ष तीज गीतको प्रस्तुति आउने गर्दछ । यस बर्ष बजारमा आएको उनको तीज गीत “माइती गाउँ…..” बोलको रहेको छ । नेपाली तीज गीतहरुमा पछिल्लो समय बिकृति र विसंगति बढी मात्रामा आइरहंदा उनले आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ चिन्ता ब्यक्त गर्दै यस गीतलाई बजारमा ल्याएकी हुन् ।

वास्तब मा नै तीज गीतहरुमा नारीहरुको बर्ष भरिको थकाई र पिंडा बिसाउने रस हुन पर्ने हो । तर पछिल्लो पटक आएको गीतहरु मात्र युवा बर्ग लक्षित गर्दै ब्यवासहिकता केन्द्रित छन् । प्रस्तुत गीतमा शान्ति रिजाल पौडेलको एकल स्वर सुन्न सकिन्छ भने लय तथा शब्द सिर्जना गोपाल नेपाल जी.एम को रहेको छ । यस गीतको म्युजिक भिडियोमा तारा कार्की, कोपिला रसाइली र सुजना रिजालको अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन स्मृति तिमल्सिना “गुरुआमा” ले गरेकी हुन् भने छायांकन बिपिन क्षेत्री र सम्पादन प्रकाश धमलाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।