ममी मलाई बचाउनुहोस भनेको छोरो अझै भेटिएन | किशोर न्यौपाने अपहरणको ९ वर्ष

२०६८ सालमा घटेको एउटा घटना जसको सत्यतथ्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन । घटना हो २०६८ साल साउन २२ गतेको । साउन २२ गते दिउसो ४ बजेतीर स्थानिय जनता माविमा कक्षा ११ मा पढ्ने किशोर न्यौपाने साथीको घरमा जान निस्केका थिए उनि अपहरणमा परे ।

प्रहरीले अनुसन्धान त गर्यो तर अनुसन्धान केबल अनुसन्धानमा मात्रै सिमित भयो । किशोरको न सास न लास । प्रहरीले परिवारलाई दशैँमा घरै आउने आस समेत देखायो तर अहँ किशोर फर्केर आएनन् ।

किशोरका बुवा राम प्रसाद न्यौपानेले किशोर अपहरणका प्रमाणहरु आफूसँगै बोकेर हिड्छन् सरोकारवाला निकायहरुलाई देखाउछन् तर छोराको खोजीका लागि कही कतैबाट सुनुवाई समेत नभएको उनको भनाई छ ।
हेर्नुहोस यो भिडियो ।