स्वास्थ बच्चा जन्माउन गर्भवती महिलाको लागी वास्तुशास्त्रको भूमिका : सविता आचार्य

सविता आचार्य

गर्भवती महिलाको लागी स्वस्थ बच्चा (healthy baby) जन्माउनको लागी वास्तुशास्त्रको महत्तोपूर्ण भूमिका हुन्छ । बच्चा जन्मिदा भन्दाअघि आमाको पेटमा रहँदाको नौ महिना अबधिमा वास्तुको सकारात्मक र नकरात्मक उर्जा कति मिल्छ सोही आधारमा नै बच्चाको भबिष्यको सफलता गासिएको हुन्छ ।

कुनै पनि मानिस भबिष्यमा कति सफल बन्न सक्छ भन्ने कुरा गर्भमा रहदाको ९ महिनाको अबधिभर बास्तुको सकरात्मक उर्जालाई कसरी हासिल गरियो , त्यसमा निर्भर रहन्छ बच्चाको सुनौला १ हजार दिन मध्ये ९ महिनाको अबधि झनै महत्वपूर्ण हो ।

गर्भवती महिला (pregnancy) बस्ने घर र कोठामा वास्तु मिलेको छैन भने त्यसको नकरात्मक असर त्यो बच्चालाई पर्न जान्छ । विवाहपछि स्वस्थ्य बच्चा जन्माउन बिबाहित जोडी घरको पश्चिम दिसातर्फको कोठामा सुत्नुपर्दछ । कोठा भित्र पश्चिमतिर बेड राख्नु होला। बेडरूममा राम्रो सुगन्धित फुल राख्नु होला ।

सुत्दा श्रीमानको देब्रेतिर सुत्नुहोला । सुतेर उठ्ने बेलामा खाटबाट ओर्लेर भुईमा टेक्दा पहिला दाहिने खुट्टाले भुईमा टेक्नुहोला। गर्भवती महिलाले कपडा लगाउदा फिक्का सेतो, पहेलो, निलो र हरियो रङ्गको लगाउनु राम्रो हुन्छ ।

बच्चा गर्भमा रहदा सफलताका किताबहरु (motivational books) पढेमा पेटमा रहेको बच्चाको दिमागमा सकारात्मक उर्जाको बिकास हुन्छ।

पूर्व उत्तर (east north) इसान दिशा पानीको दिशा हो। पूर्व उत्तर दिशामा सुतेमा चिसोको कारण भ्रुण सकृय हुन नपाउदा बच्चा गर्भमै खेरजाने सम्भावना बढी हुन्छ ।

पूर्व दक्षिण (east south) आग्नेय दिशा आगो को ठाउँ हो । यो दिशामा गर्भवती महिला सुतेमा शरिर बढी तातोका कारण समय नपुग्दै छिटो बच्चा जन्मिने हुँदा बच्चा राम्रो हुँदैन ।

वास्तुअनुसार घरको बिचभाग ब्रम्मा स्थान हो जहाँ भर्‍याङ (staircase) वा घरको गर्हौ भाग हुनु हुँदैन । यदी घरको बिच भागमा छभने बच्चा जन्माउने बेला आमालाई बढी पिडा भई अकालमा ज्यान जान सक्छ । ज्यादा गाढा कालो र रातो कपडा नलगाउनु । दुखदायी र पिडादायी कुरा गर्भवती महिलालाई नसुनाउनुनै राम्रो । इलेक्ट्रोनिस्क चिजहरु(electronic)सकभर कम प्रयोग गर्नु होला । सधै बिहान पूर्व उत्तर दिशामा सुर्यबाट प्राप्त हुने UV rays लिनु राम्रो हुन्छ। गर्भवती महिलाले प्रयोग गर्ने शौचालय उत्तर पूर्व दिशामा छ र शौचालयमा बिम परेको छ भने जन्मिने बच्चा कहील्यै सुखी र खुशी हुनै सक्दैन।

यो बेला के गर्ने, के नगर्ने (what to follow/ what to avoid) अन्य धेरै कुराहरु जान्न आबश्यक छ। तपाईं बिरामी परेर डाक्टरलाई देखाउनुहुन्छ चेकअप गर्दा रिपोर्टले नर्मल नै देखाउछ तर पनि रोग निको हुँदैन । यो वास्तु बिषयको पनि राम्रो सँग ध्यान दिएर अगाडी बढ्नुहोला स-सानो कुराले प्रभाव पारिरहेको हुन्छ र पार्छ पनि तन र मन बाट गर्नुहोला । यो वास्तुको प्रयोग यस बाट हामी बच्न सकिन्छ ।