आज साउन २४ गतेका मुख्य समाचारहरु हेर्नुहोस : सबै समाचार एकै ठाउँमा

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २२ हजार २ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संक्रमित थपिएका छन । हाल ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेका छन । ३ जना भेन्टिलेटरमा रहेका छन । यस्तै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उहाँले ‘फेस टु फेस पठनपाठन’ तत्काल संभव नरहेको बताउनुभएको हो । सरकारले फेस टु फेसको विकल्प के के हुन सक्छ भनेर अध्ययन गरिरहेको भन्दै मन्त्री पोखरेलले केही विकल्प कार्यान्वयनमा आइसकेको पनि जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ । शुक्रबार विज्ञप्ती निकाल्दै बोर्डले भदौ महिनामा सञ्चालन गर्ने भनिएको आन्तरिक मुल्याङ्कन परीक्षा नलिन भनेको हो । सरकारले भदौ १ गते देखि परीक्षा सञ्चालन र भर्ना सुरु गराउने निर्णय गरेको थियो । बोर्डले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले अर्को सूचना नआए सम्म परीक्षा सञ्चालन नगर्न नगराउन निर्देशन दिएको हो ।

योसंगै अन्य समाचार तलको भिडियोमा हेर्नुहोला ।