वरिष्ठ लोकगायक प्रेमराजा महत तथा उहाकी जीवन संगीनी दुवै कोरोनाबाट संक्रमित

विजय थापा ,डिसी । वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत तथा उहाकी जीवन संगीनी (धर्मपत्नी )कविता केसी महत दुवै कोरोनाबाट संक्रमित हुनु भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहदा दम्पत्ती कोभिड-१९ बाट संक्रमित हुनु भएको हो । वरिष्ठ लोकगायक महतले अगस्त ७,शुक्रबार दिउसो करिव ३ बजे तिर सामाजिक संजाल (फेसबुक -अनुहार किताव ) मार्फत आफू र धर्मपत्नी दुवै संक्रमित भएको सार्वजनिक गर्नु भएको छ ।

अमेरिकामा कोरोनाको प्रारम्भ देखिनै सबैलाई हौसला प्रदान गर्ने र हरेक प्रकारको सहयोग र साथ दिदै आउनु भएका महत आफै संक्रमित हुनु भएको छ ।

कोरोनाको महामारीमा पूर्ण सतर्कता,सावधान,सामाजिक दूरी र सुरक्षाका सवै उपायहरु अपनाउदा अपनाउदै पनि दम्पत्ति केही समयको लागि एकान्तवास बस्नु पर्ने भएको छ । सबैका साझा र मिलनसार व्यक्तित्वका धनि महतले सामाजिक संजालमा नेपाली समुदायलाई यदि हामीले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाने वाला छैन भनिs अपिल गर्नु भएको छ ।

उहाले ध्यान राख्दा राख्दै दुर्भाग्यबस आफू र धर्मपत्नी यसबाट बंच्न सकेनौ भन्नु भएको छ । महाबाणिज्यदुत महतले हाल आफ्नै घरको एक एक कोठामा आईसोलेसन(एकान्तवास) बसेको जनाउनु भएको छ ।

वहाका सुपुत्र डा.सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं भनि सामाजिक संजालमा उल्लेख गर्नु भएको छ ।

वरिष्ठ कलाकार तथा समाजसेवी महतले यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्ति पनि लाज नमानी यो रोगलाई गोप्य नराखी समुदायलाई सु-सुचित हुने मौका दिनु हुनेछ भन्नु हुदै सबैमा अनुरोध गर्नु भएको छ ।

साथै उहाले ईमान्दारिताले गर्दा देश,समुदाय ,स्वास्थ्यकर्मि र बिश्वस्वास्थ्य संगठन प्रति नै सहयोग पुग्न जानेछ भनि जनचेतनाको लागि आब्हान गर्नु भएको छ ।