बच्चालाई खोलामा फाल्छु भन्दै आमा पुगिन् वडा कार्यालय भिडियो सहित

पोखरामा एक आमाले आफ्नै डेढ महिने शिशुलाई पालन पोषण गर्न नसक्ने भन्दै खोलामा फाल्ने बताएपछि मानवसेवा आश्रम पोखराले शिशुको उद्दार गरेको छ । पोखरा २५ हेमजामा ज्यामी काम गर्ने ती आमाले शिशुको बाबु समेत आफूलाई पत्तो नभएको भन्दै नपाल्ने बताएकी थिईन् ।

शिशुलाई पोखराको छोरेपाटन स्थित आश्रमले गत असार १८ गते उद्दार गरेको थियो । आश्रमको अभिलेख अनुसार आमाको नाम म्याग्दी गैरीवाङ ७ घर भएकी उर्मिला नेपाली हो । शिशुलाई आश्रममा छोड्न हजुरआमा बताउने दिलमाया नेपाली र हिमा अधिकारी महिलाको साथमा पुगेका थिए ।