अन्तत : अर्जुन बिकको घटना बारे सत्यता यस्तो पो रहेछ , हेर्नुस दाइले आक्रोशित हुदै खोले सबै नालीबेली (भिडियो सहित)

एक बाबुले आफ्नो छोरालाई सटमा बाधेर आफुले ठेला कुदाउदै गरेको फोटो रातारात भाइरल भयो । किन एक बाबुले आफ्नो सन्तानलाई बोकेर ठेला चलाए त! सबैको चासोको बिषय बन्यो । केही मिडियाका मिडियाकर्मीले उनको वास्तविक कहानी जस्ताको तस्तै मिडियामा ल्याएका छन । भनिन्छ आमाले जति माया आफ्नो सन्तानलाई बाबुले र अन्य कसैले गर्न सक्दैन । तर यो भनाइलाई नै गतिलो जवाफ दिए अर्जुन बिकले । आफुले आफ्नो दुई बर्षको सानो छोरालाई ढाडमा बोकेर दुख गरेको आफ्नो बाध्यता रहेको बताए । काखको सानो छोरालाई छाडेर गएकी श्रीमतीका कारण आफुले सानो छोरालाई आमा र बाबू दुबैको माया गरेर हुर्काउदै गरेको बताए ।

अर्जुन एक कुशल गायक पनि रहेका छन । अर्जुनका अनुसार उनलाई आफ्नी श्रीमती गाउँमा पनि अन्य पुरुषसंग अनैतिक सम्बन्ध राख्ने गरेको छ भनेर गाउले अनि आफन्तहरूले पटक पटक जानकारी दिदा पनि आफुले बिश्वास नगरेको र बरु आफ्नो गायक बन्ने सपना पनि पूरा हुने भनेर श्रीमती र छोरालाई काठमाडौ लगेर दुख गरेको तर श्रीमतीको बानीमा परिवर्तन नभएको र पहिले पनि छोरो चार महीनाको हुदा छाडेर गएकी बताए । श्रीमतिले पनि मिडियामा आफुलाइ अर्जुनले शंका गर्ने कुटपिट गर्ने कमाएको रकम नदिने जस्ता अनेकौ कुराहरु भनेकी छिन । के हो त भित्री सत्य कुरा भन्ने निचोट आएको छैन तर धेरैले अर्जुनको साथ दिइरहेको पाइन्छ । हेर्नुस समाजसेवी दाइ कुमार राइले मिडियामा आएर अर्जुन र उनकी श्रीमतीको बारेमा सम्पुर्ण नीलीबेली बताएका छन् ।