१८ महिने बच्चालाई चितुवाले खा-यो, आमालाई मुख समेत हेर्न दिईएन

हामी पोखराबाट करिब एक घण्टाको बाटो हुँदै तनहुँको शुक्ला गण्डकी नगरपालिका ३ मसार पुग्दा स्थानीय सरकारका प्रतिनीधि, प्रहरी लगायत स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । बुधबार साँझ सोही गाउँका १८ महिनाका नारायण रानालाई चितुवाले आक्रमण गर्यो र ज्यान लियो । उनको क्षतबिक्षेत श व घर भन्दा ५०० मिटर तल जंगलमा भेटियो । जंगलमा फेला परेको टाउको र एउटा लिएर पोष्र्टमार्टमका लागी जिल्ला अस्पताल दमौली लाने तयारी हुँदै थियो । हामी स्थलगत रिपोर्टिङका लागी गएकाले घटनास्थल र घटना भएको घर सम्म पुगेका थियौं । टाउको र हात मात्र फेला परेकाले स्थानीयहरु अरु शरिरको भाग खोज्दै छन् । हेर्नुहोस् स्थलगत रिपोर्ट